site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लाल मोहम्मद हत्या प्रकरण : ‘रेकी’ गर्ने तीन पक्राउ, तीनैजना नेपाली
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । काठमाडौंको गोठाटारमा लाल मोहम्मदको गोली हानी हत्या गरेको आरोपमा पर्साको वीरगञ्जलगायत स्थानबाट तीनजना पक्राउ परेका छन् । पक्राउ पर्ने तीनैजना नेपाली नागरिक रहेको बताइएको छ ।

प्रहरीले उनीहरूको पहिचान खुलाएको छैन । औपचारिक रुपमा प्रहरी अधिकारीहरुले पक्राउको पुष्टि पनि गरेका छैनन् ।

काठमाडौंको गोठाटारमा असोज ३ गते मोहम्मदलाई बा६च ५१५२ नम्बरको गाडीबाट ओर्लनासाथ दुईजनाले गोली हानेर भागेका थिए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

सर्लाहीका व्यापारी मोहम्मदमाथि कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित कृष्ण मन्दिर नजिक गोली प्रहार भएको थियो । उनी आफ्नो गाडीबाट ओर्लिएपछि हतियारधारीले लखेटेर गोली प्रहार गरेका थिए ।

उनको हत्यामा भारतीय आपराधिक समूहको संलग्नता हुन सक्ने आशंका गरिँदै आएको छ । बाह्रखरीलाई प्राप्त जानकारीअनुसार पक्राउ परेका तीनजना मुख्य योजनाकार नभएर सहयोगी भूमिका निर्वाह गरेका व्यक्ति हुन् ।

Royal Enfield Island Ad

“पक्राउ परेकाहरुले महम्मदको रेकी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मुख्य योजनाकार पक्राउ परेका छैनन्,” प्रहरीका एक उच्च अधिकारीले बाह्रखरीसँग भने, “विस्तृत विवरण अनुसन्धानपछि खुल्ला । अहिले धेरै बताउन मिल्दैन ।”

घटनाको अनुसन्धानका लागि एसएसपी जनकराज भट्टराईको नेतृत्वमा एक समिति गठन गरिएको थियो । 

मोहम्मदको हत्या गर्ने योजना भारतीय नागरिक नितिन मदनले बनाएको चर्चा चलेको थियो । काठमाडौंमा बस्दै आएका आपराधिक पृष्ठभूमिका नितिन विभिन्न अपराधका घटनामा जोडिएको बताइएको छ ।  

उनी हुण्डी कारोबारमा संलग्न रहँदै आएको प्रहरी अधिकारीहरु बताउँछन् । प्रहरी अधिकारीहरुले मोहम्मदको हत्यामा भारतीय आपराधिक समूहको संलग्नता हुनसक्ने आशंका गर्दै आएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९  ११:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro