देश
![गोठाटार गोलीकाण्ड : तीनजना पक्राउ](https://12khari.top/uploads/posts/Fire Goli1663598137.jpg)
काठमाडौ । काठमाडौंको गोठाटारमा लाल मोहम्मदको गोली हानी हत्या गरेको आरोपमा पर्साको वीरगन्जलगायत स्थानबाट तीनजना पक्राउ परेका छन् ।
घटनामा संलग्न तीनजनालाई पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । उनीहरूको पहिचान खुलाइएको छैन ।
दुई साताअघि गोठाटारमा अज्ञात समूहले मोहम्मदमाथि गोली प्रहार गरी हत्या गरेको थियो । उनी आफ्नो गाडीबाट ओर्लिएपछि हतियारधारीले लखेटेर गोली प्रहार गरेका थिए ।
उनको हत्यामा भारतीय अपराधिक समूहको संलग्नता हुन सक्ने आशंका गरिँदै आएको छ ।
![Royal Enfield Island Ad](https://baahrakhari.com/uploads/bigyaapan/15756600.gif)
प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९ १०:०५
प्रतिक्रिया दिनुहोस्