साहित्य
काठमाडौं । चलचित्र विकास बोर्डले सेन्सर नभएसम्म अग्रिम टिकट बुकिङ नखुलाउन क्यूएफएक्स चेनलाई निर्देशन दिएको छ । बोर्डले क्यूएफएक्स चेनलाई पत्र काट्दै मुभी कोड र डिष्ट्रिव्युटर कोड उपलब्ध नगराएसम्म कुनै पनि सिनेमाको बुकिङ नखोल्न भनेको हो ।
नेपालकै सबैभन्दा ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनले विक्रम बेधाको मुभी कोड र डिष्ट्रिव्युटर कोड बोर्डले उपलब्ध नगराई अग्रिम बुकिङ खोलेको भन्दै पत्र काटेको हो ।
हिन्दी सिनेमा एक साता अगाडि नै सेन्सर गरिसक्नु पर्ने भन्दै बोर्डले केही समय अगाडि सूचना जारी गरेको थियो । कात्तिक १ गतेबाट उक्त नियम लागु हुनेछ ।
प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९ १६:३८
प्रतिक्रिया दिनुहोस्