
काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज दिउँसो सवारी जाम रहेको छ । पुतलीसडक, नागस्थान, न्युरोडगेट, महांकाल, केशरमहल, खानी विभाग र लैनचौर हुँदै चल्ने सवारी साधन क्यूमा चलिरहेका ट्राफिक प्रहरीले जनाएको छ ।
नागढुङ्गा नाका हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारी साधन पनि क्यूमा चलिरहेका छन् । नागढुङ्गा नाका नजिकै विग्रिएका सवारी साधन हटाइए पनि सवारी साधन भने क्यूमा चलिरहेका प्रहरीले जानकारी दिएको छ ।
उपत्यकाका अन्य मुख्य चोकहरुमा सवारी साधन पालोमा केही समय रोकिनु पर्ने अवस्था रहेको छ । कोटेश्वर, नयाँबानेश्वर, थापाथली, त्रिपुरेश्वर, चावहिल, गौशालालगायत मुख्य चोकहरुमा सवारी साधन ट्राफिक व्यवस्थापनका क्रममा केही समय रोकिनु पर्ने प्रहरीले जनाएको छ ।