site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

कानुनबमोजिम लिनखान नहुने सुविधा लिनु दण्डनीय अपराध हो । तर, कानुन कार्यान्वयन गराउनेहरू यस्तो अपराधमा कारबाही गर्न भने प्रायः हिचकिचाएको देखिन्छ । 

सामान्यतः कुनै पदमा हुँदा राज्यबाट पाएको सुविधा पद सकिनेबित्तिकै फिर्ता बुझाउने चलन छ । कतिपय पदाधिकारीलाई यस्ता सुविधा बुझाउन केही दिन म्यादसमेत दिइएको हुन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रतिनिधि सभा र प्रदेश सभाका सदस्यहरूको पदावधि समाप्त भइसकेको छ । यसैले तिनका पदाधिकारीका रूपमा सांसदहरूले लिएको सुविधा पनि कानुनबमोजिम फिर्ता बुझाइसक्नु पर्ने हो ।

लुम्बिनी प्रदेश सभाका पदाधिकारीलगायत सबैतिर यस्ता सुविधा लिनेहरूले फिर्ता गर्न आलटाल गरेको समाचार सार्वजनिक भइरहेका छन् । यसोगर्नु एकातिर राज्यको साधनस्रोतको दुरुपयोग हो भने अर्कोतिर कानुनको उपहास पनि हो ।

Global Ime bank

यसरी कानुन मिचिँदा र राज्यको साधनस्रोत दुरुपयोग हुँदा पनि सम्बन्धित सभाको सचिवालयले प्रहरीलाई कारबाहीका लागि जानकारी नदिनु अर्को आपतत्तिको विषय हो । यद्यपि, कतिपय अवस्थामा प्रहरीले पनि कारबाही गर्न आलटाल गरेको देखिन्छ । 
 
प्रतिनिधि सभा र प्रदेश सभामा सांसदहरूको सुविधा थप्ने कानुन बनाउन मतैक्य देखिने गर्थ्यो । त्यस्तै एकमत कानुन मिचेर राज्यका साधनस्रोत दुरुपयोग गर्नमा पनि उनीहरूले देखाएका छन् । 
 
यसैले सत्तारुढ वा विपक्षी राजनीतिक दलका नेता कार्यकर्ताले यसरी गरिएका दुरुपयोग रोक्न आवाज उठाएको सुनिदैन । यसैगरी दलहरूले सुविधा तत्काल फिर्ता गर्न आफ्ना सदस्यहरूलाई निर्देशन पनि दिँदैनन् ।
 
राजनीतिक दलका नेताहरूले कानुन मिच्दा पनि त प्रहरी प्रशासनले राज्यको साधन स्रोत दुरुपयोग हुनबाट रोक्नुपर्ने हो । यस्तै दुरुपयोग गर्ने बानी परेकाले होला यसलाई कर्मचारी र सुरक्षाकर्मीहरूले पनि गम्भीरतापूर्वक लिने गरेका छैनन् । 
 
यस्तो दुरुपयोग रोक्न कहीँ कतैबाट नथाल्ने हो भने मुलुकमा कानुन कार्यान्वयनको मात्र होइन नैतिकताको पनि चरम सङ्कट देखिन सक्छ । यसैले कुनै प्रदेश सभा वा प्रतिनिधि सभाका सचिवालयका पदाधिकारीले यसमा अग्रसरता देखाऊन् ।

साथै, राजनीतिक कार्यकर्तालाई अनधिकृत सुविधा प्रयोग गर्न दिँदा निर्वाचनमा पनि प्रभाव पर्छ । यसैले निर्वाचन आयोगले पनि गम्भीरतापूर्वक चासो राखेर नियमन तथा हस्तक्षेप गर्नुपर्छ । 

पदावधि सकिएपछि पनि गाडीलगायत सरकारी आवासको सुविधा प्रयोग गरिरहनेहरूमाथि कारबाही नगर्ने सरकारी कर्मचारीसँग पनि स्पष्टीकरण लिने गरेमा थिति बस्न सक्छ । दुरुपयोग गरिएको गाडी बाटैमा खोस्न थालेपछि मात्र ‘नकच्चराहरू’ले चेत पाउनेछन् ।      


 
   
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९  १२:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC