राजनीति
![लोसपा नेतृ चन्दा चौधरी कांग्रेसमा, देउवा र आरजुले गरे स्वागत](https://12khari.top/uploads/posts/Chandra Chaudhary1664372183.jpg)
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की केन्द्रीय कार्यकारिणी सदस्य चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् ।
बुधबार साँझ बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्रीपत्नी आरजु राणाले चौधरीलाई पार्टीको क्रियाशील सदस्यता दिएर स्वागत गरेका हुन् ।
चौधरी ०७४ को निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट समानुपातिकतर्फ सांसद बनेकी थिइन् । उनलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त गरेका थिए ।
तर, अदालतले मन्त्रिपरिषद् विस्तारलाई मान्यता नदिएपछि उनी मन्त्री भएको १८ दिनमै बाहिरिएकी थिइन् ।
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
प्रकाशित मिति: बुधबार, असोज १२, २०७९ १९:२१
प्रतिक्रिया दिनुहोस्