site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अधिकारी र धिमाल निर्वाचित भएसँगै एन्फाको २१ सदस्यीय कार्यसमिति पायो पूर्णता 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति सदस्य पदका लागि बुधबार भएको निर्वाचनमा रूपेश अधिकारी र दीपेन्द्र धिमाल निर्वाचित भएका छन् । 

गत असार ६ गते सम्पन्न एन्फा निर्वाचनमा १३ खुला सदस्यका लागि भएको निर्वाचनमा चार जना प्रत्यसीको समान ३९ मत आएपछि दुई सदस्यको टुङ्गो लागेको थिएन ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यतिबेला अधिकारी, धिमाल, दीपक थापा र लोकेन्द्र गुरूङले समान ३९ मत पाएका थिए । बुधबार त्रिपुरेश्वरस्थित वर्ल्ड  ट्रेड सेन्टरमा सम्पन्न विशेष साधारण सभामा अधिकारीले ५४ र धिमालले ४७ मत पाएका थिए । पराजित लेकेन्द्र गुरुङले ४५ र दीपक थापाले ७ मत प्राप्त गरेका थिए । 

निर्वाचित अधिकारी निवर्तमान अध्यक्ष कर्माछिरिङ प्यानलका हुन् भने धिमाल वर्तमान अध्यक्ष पंकजविक्रम नेम्वाङ प्यानलका हुन् । 

Global Ime bank

यसअघि, असारमा सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा नेम्वाङ, वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का, चार उपाध्यक्षमा दीर्घबहादुर केसी, विराटजंग शाही, दावा लामा र दीपक खतिवडा निर्वाचित भएका थिए । यस्तै, महिला सदस्यमा सरिला श्रेष्ठ र पेमा लामा विजयी भएका थिए । 

खुला सदस्यमा मनिष जोशी, रमेश व्यञ्जनकार, टिका लामा, अनिल मल्ल, रवीन्द्र चन्द, भोजराज शाही, पुरुषोत्तम थापा, महेन्द क्षेत्री, भरत बुडथापा, मणिराज विष्ट विकासनारायण श्रेष्ठ निर्वाचित भएका थिए ।

आज सम्पन्न निर्वाचनमा कुल ८९ मत खसेको निर्वाचन समितिले चनाएको छ । मताधिकार प्राप्त ४८ मध्ये ४७ जिल्ला, सहिद स्मारक  ए, बी र सी डिभिजन लिगका क्रमशः १४, ११ र ९ क्लबहरुले मतदान गरेका थिए । त्यस्तै, महिला, रेफ्री, खेलाडी र प्रशिक्षक संघसँगै राष्ट्रिय लिगमा छनोट भएर चार वर्षदेखि खेल्न नपाएका चार क्लबले पनि मतदान गरेका थिए । 

यसअघि, असार ६ गते सम्पन्न निर्वाचनमा ८७ मत मात्रै खसेको थियो । सिरहा र सिन्धुली जिल्लाको चुनावलाई एन्फाले मान्यता नदिँदा ती दुई जिल्ला र भक्तपुर मताधिकारबाट वञ्चित भएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १२, २०७९  १३:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement