काठमाडौं । सिङगिङ रियालिटी शो ‘द भ्वाइस’ अफ अमेरिकाको ब्लाइन्ड अडिसनमा नेपाली मूलकी किशोरी परिजिता बाँस्तोला छनोट भएकी छन् । परिजिताले ‘द भ्वाइस’ अफ अमेरिकाको जारी संस्करणको ब्लान्ड अडिसनमा चारैजना कोचलाई ट्रन गराएकी छन् ।
चर्चित अंग्रेजी गीत ‘जेलस’ गाउँदै उनले चारैजना कोचको मन जितेकी छन् । चारैजना कोचले उनको गायकीको तारिफ गरेका छन् ।
कोच क्यामिलाया केबेलोले श्वासप्रश्वासलाई नियन्त्रणमा लिँदै गीत गाउँदा आफू प्रभावित भएको बताइन् । परिजिताको स्वर सुनेर कोच जिवेन स्टेफानीले प्राकृतिक र युनिक रहेको प्रतिक्रिया दिइन् ।
जज ब्लेक सेल्टनले आफू परिजिताको फ्यान भएको बताउँदा उनी उत्साहित देखिन्थिन् ।
परिजिताले चारैजना कोचलाई नेपालबाट लगेको रुद्राक्षको माला लगाइदिएपछि कोच जोन लिजेन्डले कुशल कलाकारले आफ्नो संस्कृतिलाई सधैँ विश्वभर फैलाउने बताए ।