देश
काठमाडौं । अर्काको नाममा ट्रायल परीक्षा दिन लागेको अवस्थामा काठमाडौंबाट एकजना पक्राउ परेका छन् ।
दोलखा घर भएका पारस भट्टराईको नाममा चारपांग्रे सवारीको ट्रायल परीक्षा दिन लागेको अवस्थामा धादिङको गजुरी गाउँपालिका–६ का २६ वर्षीय सविन अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।
चन्द्रागिरि नगरपालिका–५, गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयको ट्रायल परीक्षा दिने सेन्टरमा ती व्यक्तिको नाममा ट्रायल दिन लागेका उनलाई उक्त स्थानमा खटिएको प्रहरीले पक्राउ गरेको जनाइएको छ ।
प्रकाशित मिति: बुधबार, असोज १२, २०७९ ११:४७
प्रतिक्रिया दिनुहोस्