site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
आज बडादसैँको तेस्रो दिन, चन्द्रघण्टा भगवतीको पूजा गरिँदै 
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । बडादसैँ अन्तर्गत आज नवरात्रको तेस्रो दिन चन्द्रघण्टा स्वरूपा नवदुर्गा भवानीको आराधना गरी मनाइँदै छ । नवरात्रको तेस्रोदिन अर्थात् आश्विन शुल्क तृतीयाको दिन यिनै चन्द्रघण्टाको ध्यान, उपासना, पाठ एवं आराधना गरिन्छ । चन्द्रघण्टा स्वरूपा देवीलाई आह्वान गरी विधिपूर्वक आराधना गरिन्छ । 

चन्द्रघण्टाको आराधना गर्नाले सबैप्रकारको दुःख, कष्ट नाशहुने र सबैप्रकारको बाधा हट्ने जनविश्वास छ । चन्द्रघण्टालाई विशेषगरी दूधको परिकार प्रिय छ । देवी मन्दिरहरूमा चन्द्रघण्टा स्वरूपा नवदुर्गा भवानीको पूजा गर्ने परम्परा छ । आज पनि काठमाडौैं उपत्यकाका देवी मन्दिरहरूमा बिहानैबाट भक्तजनको घुइँचो लागेको छ । 

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।
संसारका मुमुक्षु प्राणीलाई सच्चिदानन्द स्वरूप ब्रह्मको बोध गराउनका लागि निरन्तर लागिरहने मान्यतामा नवदुर्गामध्येको तेस्रो देवीलाई चन्द्रघण्टा भगवती भनिएको हो । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १२, २०७९  ०६:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro