site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एनएमबि बैंकको बडा दसैँमा 'बडा डिजिटल धमाका'

काठमाडौं । एनएमबि बैंकले बडा दसैँको बडा डिजिटल धमाका सार्वजनिक गरेको छ ।

नयाँ योजनामार्फत ग्राहकहरूलाई कार्ड र मोबाइल बैंकिङ छुट र क्यासब्याक सुविधा प्रदान गर्न विभिन्न स्टोर र ब्रान्डसँग सहकार्य गरेको बैंकले जनाएको छ । दुई हजारसम्म छुट सुविधाहरू प्रदान गरेको बैंकको दाबी गरेको छ ।

बैंकले असोज १० देखि बडा दसैँमा बडा डिजिटल धमाका सुरु गरेको हो । ग्राहकले मोबाइल बैंकिङ र कार्ड प्रयोग गर्दा दुई हजारसम्म पैसा बचत गर्न सक्नेछन् ।

डेबिट कार्ड : बैंकको ग्राहकहरू डेबिट कार्ड बाट ई–कमर्स/पोसमा कारोबार गर्दा १० प्रतिशत वा ३०० रुपैयाँसम्म क्यासब्याक पाउने छन् ।

क्रेडिट कार्ड : बैंकको ग्राहकहरू क्रेडिट कार्ड बाट ई–कमर्स/पोसमा कारोबार गर्दा २० प्रतिशत वा ५०० रुपैयाँ सम्मको क्यासब्याक पाउने छन् ।

ई–एनएमबी एप : एनएमबि बैंकको ग्राहकहरूले ई–एनएमबी एपबाट एनटीसी/एनसेल टपअपमा तीन प्रतिशत तत्काल क्यासब्याक अफर प्राप्त गर्न सक्नेछन् । ई–एनएमबी एपबाट क्यूआर पेमेन्ट गर्दा १० प्रतिशत वा २०० रुपैयाँसम्मको क्यासब्याक पाउन सक्ने बैंकले जनाएको छ ।

pfoto nmb1664278502.JPG

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  १७:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro