site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

विकास निर्माणका काममा अदालतले सरकारलाई असहयोग गरेको आरोप भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले लगाएका छन् । मन्त्रीलाई उद्धृत गर्दै प्रकाशित समाचारअनुसार अदालतबाट क्षेत्राधिकार मिचेर पनि ठेकेदारको संरक्षण गरिएको छ ।

अदालतमा ठेकेदारका मतियार न्यायाधीश होलान् तर तिनले त कानुनमा भएको व्यवस्थामा टेकेर न निर्णय गर्ने हो । यसैले अदालतले असहयोग गरेको मन्त्रीको आरोप सधैँ जिम्मेवारी अन्यत्र पन्छाउने कर्मचारी प्रवृत्तिको प्रतिध्वनि हो ।   

राज्यकै निकायका प्रतिवेदनहरू हेर्दा पनि नेपालमा पछिल्ला दिनमा सार्वजनिक निर्माणको काममा बढी नै अनियमितता भएको देखिन्छ । निर्माण स्थलमा ठेकेदारको बदमासीको उदाहरण पनि बग्रेल्ती नै भेटिन्छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

बेलामा नियमित अनुगमन गरेर ठेकेदारमाथि कारबाही गर्न  प्रचलित कानुनले पक्कै रोकेको छैन । यद्यपि, कानुन निर्माण गर्दा नै ठेकेदारको हातमाथि पार्ने नियत राखिएको भने हुनसक्छ । कानुनसम्मत कारबाही गर्दा सामान्यतः अदालतले पनि हस्तक्षेप गर्ने आँट गर्दैन ।

ठेकेदारले खुलेयाम बदमासी गर्ने दुस्साहस भने भ्रष्ट राजनीतिक नेता र कर्मचारीकै सहमा गर्ने हुन् । साथै प्रचलित कानुनमा रहेका त्रुटि र कानुनमा रहेका कमजोरीले पनि ‘कामचोर’ ठेकेदारले बदमासी गर्ने मौका पाएको देखिन्छ । 

Royal Enfield Island Ad

मन्त्रीले अदालतले असहयोग गरेको रोइलो गरेर बस्नु चरम अनुत्तरदायी प्रवृत्ति हो । ऐन, नियममा कमजोरी भए संशोधन गर्ने अगुवाइ त मन्त्रीले नै गर्न सक्नुपर्छ । कानुनमै ठेकेदारले हेलचेक्य्राइँ गर्न नसक्ने र सम्बन्धित कर्मचारी पनि जिम्मेवार हुने प्रावधान भएमा अदालतले चाहेर पनि रोक्न सक्तैन । 

विडम्बना, काम ठगेर कालोसूचीमा पर्ने एक जना ठेकेदार तिनै मन्त्रीको दलबाट सांसद थिए । अरू दलमा पनि ठेकेदारहरूको उपस्थिति र प्रभाव बलियो देखिन्छ । त्यसैले कानुन नै ठेकेदारहरूको स्वार्थअनुरुप बन्छ ।

ठेकेदारहरू सांसद हुनै नहुने होइन तर ठेक्कापट्टासम्बन्धी कानुन बनाउने क्रममा निर्णायक हुनु अनैतिक हुन्छ । सार्वजनिक क्षेत्रमा ‘स्वार्थको द्वन्द्व’ देखिनु उचित मानिदैन र कतिपय देशमा त दण्डनीय नै हुन्छ । नेपाल भने अपवाद देखिएको छ ।   

यथार्थमा नेपालको ठेक्कापट्टाको अहिलेको प्रणाली नै दोषपूर्ण छ । मजदुरको पसिनाको मूल्य गौण बनाएर ठेकेदारको ‘व्यवस्थापन’लाई बढी मूल्य र महत्त्व दिने प्रणाली वास्तवमा गरिबमारा हो । यस्तो प्रणाली हट्नुपर्छ ।

यसैले कामचोर ठेकेदारलाई तह लगाउन श्रम प्रधान सार्वजनिक निर्माण पद्धति अपनाउने विकल्प रोज्नुपर्छ । ठेक्कापट्टाको व्यवस्थापनमा लाग्ने समय र साधन लगानी गरे सार्वजनिक निर्माणको काम सरकारी क्षेत्रबाटै हुनसक्छ । 

श्रम प्रधान हुनेगरी सार्वजनिक निर्माण पद्धतिमा परिवर्तन गरे बेरोजगारी पनि कम हुनेछ । श्रमको उचित मूल्य पाउने हो भने विदेशिएको जनशक्ति स्वदेशमै काममा लाग्नसक्छ । अतः अदालतलाई धारे हात लगाउनुको साटो मन्त्रीले पद्धतिमै विकल्प खोज्नुपर्छ । 

अहिलेको सार्वजनिक निर्माण पद्धति मूलतः ठेकेदार पोस्ने र कमिसन खाने नियतबाट परिचालित देखिन्छ । कम कबोल गर्नेले ठेक्का पाउने, ठेक्कासँगै परिचालन रकम हात पर्ने र त्यही रकमको भागबिलो नेता र कर्मचारीले पनि पाउने प्रथा रहुन्जेल ‘पप्पुहरू’कै रजगज पनि भइरहनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  ११:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro