site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
  • नेपालकी राष्ट्रपतिलाई सर्वोच्च अदालतले संविधानमा लेखिएअनुसारको काम किन नगरेको भनेर कारण देखाउ आदेश जारी गरेको छ । 
  • राष्ट्रपतिको सचिवालयबाट प्रधानमन्त्रीलाई स‌ंविधानमा व्यवस्था भएअनुसार सरकारका कामकाजको जानकारी किन नगराएको भनेर स्पष्टीकरण सोधिएको समाचार प्रकाश आएको छ ।
  • प्रतिनिधि सभाका सभामुखको कार्यकाल समाप्त भइसकेको विषयमा राष्ट्रिय सभाका अध्यक्षले निर्वाचन आयोगमा पत्राचार गर्छन् ।
  • संसदीय समितिका सभापतिको हैसियतमा प्राप्त सवारी सुविधा उनीहरूको पदावधि समाप्त भइसकेपछि पनि फिर्ता नगरेर तिनले दुरुपयोग गरिरहेका छन् ।
  • लोकतान्त्रिक समाजवादी पार्टीका एक पूर्वसांसदले त पार्टीको सचेतकका हैसियतमा पाएको सवारी सुविधा पार्टी नै छाडेर अन्यत्र गइसकेपछि पनि प्रयोग गरिरहेका छन् । 

नेपालको राजनीतिमा अहिले देखिएको विकृति र विसङ्गतिको मूल कारण यिनै घटिया पात्रहरूको जगजगी हो । संविधानको ‘पालन र संरक्षण’ गर्नु राष्ट्रपतिको ‘प्रमुख कर्तव्य’ मानिएको छ । तर, राष्ट्रपतिको पटकपटक संविधानको उल्लङ्घन गर्न हिचकिचाउँदिनन् । 

संविधानले राजनीतिक शक्तिहरूबीच सहकार्य हुनुपर्ने व्यवस्था गरेको छ । देशको कार्यकारी प्रमुख प्रधानमन्त्री पदमा पुगेका व्यक्तिहरूमा सहकार्यको संस्कारै देखिएन । 

Prabhu Bank
Agni Group
NIC Asia

पूर्वप्रधानमन्त्री खड्गप्रसाद ओलीले दम्भ र अहङ्कारको एकलकाटे बाटो रोजे भने बहालवाला प्रधानमन्त्री शेरबहादुर देउवामा पनि संविधानले अपेक्षा गरेको सद्भाव र सहकार्यको संस्कार छैन । 

जनताले चुनेका प्रतिनिधिले निर्माण गरेको नेपालको संविधान, २०७२ पूर्णतः लोकतान्त्रिक छ । संविधानमै संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको सुनिश्चितता गरेको छ । समावेशी सामाजिक न्यायको सिद्धान्त संविधानले आत्मसात् गरेको छ । 

Global Ime bank

अर्थात्, नेपालको राजनीतिक प्रणाली अहिले जति उन्नत यसअघि कहिल्यै थिएन । संसारका कुनै पनि देशको संविधानसँग दाँज्न सकिने संविधान छ । दुर्भाग्य, यही संविधान कार्यान्वयन गर्ने बेलामा भने नेपालको राजनीतिका सबैभन्दा घटिया पात्रहरू प्रभावशाली हुन पुगे । 

यसको दोष संविधान वा व्यवस्थालाई दिनु भने न्यायोचित हुँदैन । विकृतिका कारकहरू समसामयिक राजनीतिमा प्रभाव जमाउन पुगेका पात्रहरू नै हुन् । यसैले देशको उत्थान र उद्धारका लागि राजनीतिक परिदृश्यबाट घटिया पात्रहरूलाई पन्छाउनु पर्ने देखिन्छ ।   

चुनावको घोषणा भइसकेको छ । ठूलै खण्डखातिर नपरे चुनाव हुने नै छ । नेपाली जनताले मतदानका बेला विवेक प्रयोग गरे भने पक्कै पनि समस्याको जरो उखेलिनेछ । अहिलेको वा पहिलेको भन्दा धेरै राम्रो शासन पाउने हक नेपाली जनताको छ ।  

 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १०, २०७९  ११:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC