site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
इक्वेडर प्रहरीले गर्‍यो ३.५ टन कोकिन बरामद
प्रतीकात्मक तस्बिर ।
Siddhartha BankSiddhartha Bank

क्विटो । ग्वायाकिलको बन्दरगाहमा गरिएको प्रहरी कारबाहीमा ३.५ टन कोकिन बरामद गरिएको इक्वेडर प्रहरीले शुक्रबार जानकारी दिएको छ ।

सो परिमाणको कोकिन ८८ वटा सुटकेसमा प्याक गरिएको थियो । लागुऔषध बेल्जियम पठाउन लागिएको केराको कन्टेनरमा लुकाइएको अवस्थामा बरामद गरिएको इक्वेडरका प्रहरी कमान्डर जनरल भिक्टर जराटेले बताएका छन् । सन् २०२२ मा मात्र इक्वेडरमा १४४ टन लागुऔषध बरामद गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासोले आफ्नो देशमा लागुऔषध तस्करीविरुद्ध लडाइँको घोषणा गरेका छन् ।

बुधबार संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो भाषणमा लासोले लागुपदार्थको तस्करीविरुद्ध लड्न अन्तर्राष्ट्रिय सहयोगका लागि आह्वान गर्दै ‘अन्तर्राष्ट्रिय अपराधको लागि अन्तर्राष्ट्रिय समाधान चाहिने’ उल्लेख गरेका थिए । रासस/सिन्ह्वा

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ८, २०७९  १४:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय