site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालमा दोस्रोपटक एम्पक्स संक्रमण पुष्टि
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपालमा दोस्रोपटक एम्पक्स संक्रमण पुष्टि भएको छ । साउदी अरेबियाबाट नेपाल फर्किएका तनहुँका ३६ वर्षीय एक पुरुषमा एम्पक्स पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

"परीक्षण पोजिटिभ भए पनि बिरामीको स्थितिमा केही जटिलता नभएको र चिकित्सकको निगरानीमा उपचार र रेखदेख निरन्तर भइरहेको जानकारी गराउँदछौँ," मन्त्रालयले शुक्रबार एक विज्ञप्तिमार्फत भनेको छ ।

मन्त्रालयका अनुसार, ती पुरुष खटिराको समस्या लिएर काठमाडौंको ग्रान्डी इन्टरनेसनल अस्पतालमा बिहीबार उपचारका लागि गएका थिए । बिहीबार नै ग्रान्डीले एम्पक्ससँग मिल्दोजुल्दो शंकास्पद लक्षण भएकाले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा पठाएको थियो । बिहीबार नै उनलाई आइसोलेसनमा राखेर थप परीक्षणका लागि नमुना संकलन गरिएको थियो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणबाट शुक्रबार एम्पक्स पुष्टि भएको हो ।

"यसका सन्दर्भमा थप खोज अनुसन्धान तथा उपचारको कार्य जारी रहेको छ । यससँगै नेपालमा यो एम्पक्स पुष्टि भएको दोस्रोपटक हो," मन्त्रालयले भनेको छ ।

Royal Enfield Island Ad

यसअघि, नेपालमा गत असार १ गते पहिलोपटक ६० वर्षीया नेदरल्यान्डकी नागरिकमा मंकिपक्स (एम्पक्स) संक्रमण पुष्टि भएको थियो ।

कसरी सर्छ एम्पक्स ?

एमपक्स रोग संक्रमित व्यक्ति वा संक्रमित पशुसँगको सम्पर्कमा आउँदा घाउ खटिरा, (बिमिराको सम्पर्क, शरीरबाट निस्किएको तरल पदार्थ जस्तै; थुक, र्‍यालको सम्पर्कबाट, भाइरसबाट दूषित सतह र सामग्रीको प्रत्यक्ष), संक्रमित बाँदर, मुसा, लोखर्केलगायत जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्छ ।

मन्त्रालयका अनुसार, यसले ज्वरो आउने, सामान्यतया ज्वरो सुरु भएको एकदेखि तीन दिनभित्र छाला, अनुहार, हत्केला, र पैतालामा डाबर देखापर्ने, डाबर परिवर्तन भएर फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रन्थी बढ्ने हुन्छ । आँखामा संक्रमण भएर दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वरो, गर्भ खेर जाने र मृत्युसमेत हुन सक्छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  २२:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro