राजनीति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटीका सदस्यहरूको कार्यविभाजन गरेको छ । पार्टी स्थायी कमिटीको (मंसिर २६ देखि पुस २ मा सम्पन्न) बैठकले केन्द्रीय कमिटीको तर्फबाट नेताहरूको कार्यविभाजन गरेको हो ।
पार्टीले कार्यविभाजनअनुसार काम गर्न नेताहरूलाई निर्देशन दिएको छ ।
एकीकृत समाजवादीले प्रदेशको जिम्मेवारीमा रहने सबै पोलिटब्युरो सदस्यलाई सम्बन्धित प्रदेशको सहइन्चार्जको जिम्मेवारी दिएको छ ।
"प्रदेशस्तरमा किसान, मजदुर, महिला, युवा, विद्यार्थी, पेसागत बुद्धिजीवी र उद्योग व्यवसायी फाँटको कामलाई व्यवस्थित गर्न केन्द्रीय कमिटीका सदस्यहरूलाई जिम्मेवारी दिइएको छ," पार्टीले भनेको छ ।
हेर्नुहोस् कार्यविभाजन
प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१ २१:३७
प्रतिक्रिया दिनुहोस्