site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
शङ्खरापुरमा नगर प्रमुखसँग निःशुल्क घरदैलो स्वास्थ्य सेवा

काठमाडौं । शङ्खरापुर नगरपालिकामा नगर प्रमुखसँग निःशुल्क घरदैलो स्वास्थ्य सेवा कार्यक्रम सुरु भएको छ । नगरप्रमुख रमेश नापितले वडा नम्बर १ छाप भञ्ज्याङमा उक्त कार्यक्रम शुभारम्भ गर्दै सबैभन्दा विकट क्षेत्रको रुपमा रहेको सिन्धुपाल्चोक जिल्लासँग सीमा जोडिएको यस स्थानको घरदैलोमै आएर निःशुल्क स्वास्थ्य सेवा सुरु गरिएको जानकारी दिए ।  

“बृद्ध हुनुभएका बुबाआमा जसलाई उपचारका लागि समस्या परिरहेको छ, उहाँहरुका लागि आज हामीले निःशुल्क उपचार सुरु गरेका छौँ । उहाँहरुको स्वास्थ्यमा यहाँ उपचार नहुने समस्या देखिएमा शङ्खरापुर नगर अस्पताल वा सुष्मा कोइराला मेमोरियल अस्पतालमा पठाउने व्यवस्था मिलाएका छौँ,” उनले भने, “नगरवासीमा रोग नै नलागोस् र लागेको छ भने त्यसको उपचारका लागि घरदैलो सेवा सुरु गरेका हौँ, निःशुल्क स्वास्थ्य सेवा पाउनु जनताको अधिकार र चाहना पनि हो, हामी निर्वाचित भएर आइसकेपछि निःशुल्क स्वास्थ्य सेवा दिने काम सुरु गरेका छौँ ।”

आर्थिकरुपमा नगरपालिका कमजोर रहे पनि मन बलियो बनाएर निःशुल्क स्वास्थ्य सेवा सुरु गरिएको र नगरवासीलाई स्वास्थ्य जस्तै शिक्षा क्षेत्र, भौतिक पूर्वाधार विकास र स्वस्छ खानेपानी दिनका लागि प्रयत्नशील भएर लागिपरेको नगरप्रमुख नापितले जानकारी दिए ।  
  
नगर उपप्रमुख समिता श्रेष्ठले जनताको स्वास्थ्य अवस्था सुधार गर्नका लागि कार्यपालिका बैठकबाट नगर प्रमुखसँग निःशुल्क घरदैलो स्वास्थ्य सेवा कार्यक्रम अघि बढाइएको उल्लेख गरिन् ।  
 
यो कार्यक्रमबाट जनतालाई प्रत्यक्षरुपमा फाइदा पुग्छ भनेर सुरु गरेको बताउँदै शिक्षा र स्वास्थ्य क्षेत्रमा विकास नगरी पूर्णरुपमा शङ्खरापुर नगरपालिकाको विकास गर्न नसकिने उनको भनाइ छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शनिबार, असोज ८, २०७९  १०:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro