विदेश
बेरुत । लेबनानमा आप्रवासी चढेको एउटा डुंगा सिरियाको तटमा डुब्दा ५३ जनाको मृत्यु भएको छ ।
करिब २० जनालाई उद्धार गरिएको लेबनानका यातायात मन्त्रीले शुक्रबार जानकारी दिएका छन् ।
सिरियाली सहर टार्टसको तटीय क्षेत्रमा बिहीबार भूमध्यसागरमा डुबेको सानो डुङ्गामा १०० भन्दा बढी व्यक्ति सवार रहेका थिए ।
सवार यात्रुहरु अधिकांश लेबनानी र सिरियालीहरु रहेका थिए । दर्जनौं अझै बेपत्ता रहेका बताइएको छ । रासस/एएफपी
प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७९ १४:४५
प्रतिक्रिया दिनुहोस्