site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राप्रपा अध्यक्ष लिङदेन भन्छन्– रवीन्द्रजी राप्रपाबाटै चुनाव लड्नुहुन्छ 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । वैकल्पिक राजनीतिको खोजी गर्दै साझा पार्टी गठन गरेका रवीन्द्र मिश्र विवेकशील साझा हुँदै राप्रपामा जाने पक्का भएको छ । आफ्नै नेतृत्त्वमा साझा पार्टी गठन गरेका मिश्रले विवेकशील नेपाली पार्टीसँग एकता गरी विवेकशील साझ पार्टी बनाएका थिए ।
 
वैकल्पिक राजनीतिको खोजीका लागि गठित विवेकशील साझामा उनले विचारभन्दा माथि देश भन्दै संघीयता, धर्म निरपेक्षता र गणतन्त्रको विकल्प खोज्नेगरी विचार अघि सारेपछि उनी पार्टीभित्रै आलोचित भएका थिए । चर्को आलोचना गर्नेलाई पार्टीबाटै निकालेर आफ्नो विचारमा अडिग रहेका उनले स्थानीय तह निर्वाचनको परिणाम पार्टीका लागि लज्जास्पद भएपछि ‘म खुइलिए’ भन्दै अध्यक्षबाट राजीनामा दिएका थिए । त्यसअघिदेखि नै राप्रपा अध्यक्ष लिंगदेनसँग भेटघाट गर्दै आएका मिश्र राजीनामा पछि भने राप्रपाको एकता गर्नेगरी संवाद थालेका थिए ।
 
अहिले राप्रपाले उपाध्यक्ष बुद्दिमान तामाङको नेतृत्वमा वार्ता समिति बनाएर कुराकानी गरिरहेको छ । पछिल्लो पटकको वार्तामा उनी वरिष्ठ उपाध्यक्ष पद लिएर राप्रपा प्रवेश गर्न तयार भएको स्रोतले जनाएको छ ।
 
यद्यपि, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले मिश्रलाई राप्रपामा स्वागत गर्ने अन्तिम तयारी भए पनि पदको टुंगो भने लागि नसकेको बताए । केही दिनमै पदको टुंगो लगाएर औपचारिक समारोहसहित उनलाई भित्र्याउने अन्तिम तयारी भने भइरहेको उनले जानकारी दिए ।
 
“यो पदमा रहने भनेर सहमति भइसकेको छैन । तर, एउटै पार्टीमा रहने भन्ने समझदारी भइसकेको छ,” पार्टी काममा जनकपुरमा रहेका लिङदेनले बाह्रखरीसँग भने, “हाम्रो विचार र उद्देश्य एउटै भएकाले केही दिनभित्रै उहाँलाई स्वागत गर्ने तयारीमा छाैँ ।” उनले रवीन्द्र आगामी निर्वाचन राप्रपाबाटै लड्ने पनि जानकारी दिए ।
 
बीबीसी नेपाली सेवामा प्रमुखको भूमिका निर्वाह गरेका रवीन्द्र मिश्र प्रष्ट वक्ता मानिन्छन् । बीबीसीमै रहँदा छदम नाममा राजतन्त्रका पक्षमा आर्टिकल छपाउने उनले धेरैपछि मात्र त्यो लेखक आफू भएको खुलासा गरेका थिए । बीबीसीमा प्रगतिशील धारमा अन्तरर्वार्ता लिने उनी खरो स्वभाव र प्रष्ट वक्ताका रुपमा स्थापित थिए । 

वैकल्पिक राजनीतिक संस्कार स्थापना गर्ने गरी पार्टी खोलेका उनी अन्ततः निर्दलीय पञ्चायतको उत्तराधीकारी पार्टीमा पुग्ने निश्चित भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७९  १२:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro