काठमाडौं । कोडी गाक्पो र स्टेभन बर्जविनको गोलमा नेदरल्यान्ड्सले बिहीबार राति यूईएफए नेसन्स लिगमा पोल्यान्डलाई २–० ले हराएको छ । जितसँगै नेदरल्यान्ड्स नेसन्स लिगको फाइनल नजिक पुगेको छ ।
नेसन्स लिग ‘ए’को समूह–४ मा अपराजित रहेको नेदरल्यान्ड्सले जितसँगै १३ अंक जोडेको छ । जुन दोस्रो स्थानको बेल्जियमभन्दा तीन अंकले अगाडि हो ।
अब नेदरल्यान्ड्सले आइतबार हुने बेल्जियमविरुद्धको खेल बराबरी गरेमात्र पनि अर्को वर्ष हुने नेसन्स लिगको फाइनलमा स्थान पक्का गर्नेछ ।
गाक्पोले १३ औँ मिनेटमा गरेको गोलबाट पाहुना टोली नेदरल्यान्ड्सले अग्रता लिएको थियो । बर्जविनले ६० औँ मिनेटमा नेदरल्यान्ड्सको अग्रता दोब्बर बनाएका थिए ।
दोस्रो स्थानको बेल्जियमले वेल्सलाई २–१ ले हराएको थियो ।