site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अस्ट्रेलियाको दोस्रो ठूलो दुरसञ्चार कम्पनीमा साइबर आक्रमण
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

अस्ट्रेलिया (सिडनी) । अस्ट्रेलियाको दोस्रो सबैभन्दा ठूलो दुरसञ्चार कम्पनी ‘ओप्टस’मा साइबर आक्रमण भएको छ । 

यस आक्रमणको कारण ग्राहकहरूका नाम, जन्ममिति, फोन नम्बर र इमेल ठेगाना सार्वजनिक भएको ओप्टसले बताएकाे छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

एक करोड भन्दा बढी भुक्तानीकर्ता रहेको ओप्टसले अन्ततः आक्रमण रोक्न सफल भएको तर, त्यसअघि नै ग्राहकका सवारी चालक अनुमति तथा राहदानी नम्बरलगायत अन्य विवरण पनि ह्याक भएको बताएको छ । ओप्टसले भुक्तानी तथ्यांक र खाता पासवर्डसँग भने सम्झौता नगरेको उल्लेख गरेको छ । 

कम्पनीले ‘अति खतरा’को सूचीमा परेका ग्राहकलाई सूचित गरिने तर, सबै ग्राहकले आफ्ना खाता एकचोटि आफैले जाँच्नु बेस हुने पनि बताएको छ । 

Royal Enfield Island Ad

एबीसी टेलिभिजनमार्फत ओप्टसका प्रमुख कार्यकारिणी अधिकारी केल्ली बेयर राजमरिनले यस घटनाका लागि ग्राहकहरूसँग माफी मागेकी छन् । 

कम्पनीले अस्वाभाविक गतिविधि महसुस हुनासाथ संघीय प्रहरीलाई सूचना दिएको थियो । अनुसन्धानकर्ताहरूले ह्याकर्स को हुन् र कुन उद्देश्यले ह्याक गरिएको भन्नेबारे छानबिन गरिरहेका छन् । 

स्रोत : बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  २२:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro