site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
अछामका पहिरो पीडितको घरमै पुग्यो सुदूरपश्चिम सरकारको राहत रकम
SkywellSkywell

धनगढी । अछामका पहिरो पीडितका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले घरमै पुगेर राहत रकम हस्तान्तरण गरेको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावल, अछामको तुर्माखाद, ढकारी र कमलबजार गाउँपालिकामा गएर राहत रकम हस्तान्तरण गरेका हुन् ।

सुदूरपश्चिम प्रदेश सरकारले अछामका पहिरो पीडितलाई १३ लाख ४० हजार रकम किरियापुत्रीलाई हस्तान्तरण गरेको सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री रावलले जानकारी दिए । 

Dabur Nepal
NIC Asia

पहिरोमा ज्यान गुमाएका एक व्यक्तिलाई क्षतिपूर्ति स्वरुप एक लाख र किरिया खर्च २० हजार गरी एक लाख २० हजार र एकै घरपरिवारका एकभन्दा बढी व्यक्तिको पहिरोमा परेर मृत्यु भएका परिवारलाई एकमुष्ठ दुई लाख क्षतिपूर्ति र किरिया खर्च २० हजारका दरले राहत रकम हस्तान्तरण गरिएको कानुनमन्त्री रावलले बताए । 

अछाममा अहिले प्रारम्भिक रुपमा सुदूरपश्चिम सरकारले राहत लिएर गएको बताउँदै उनले भने, “पहिरो पीडितका लागि थप राहतको प्याकेज ल्याइने छ ।” विपतका समयमा एकअर्कालाई सहयोग भावना देखाउँदै पीडामा मल्हम लगाउन सबैले हातेमाले गर्नुपर्ने समेत उनले बताए । 

अछाममा पहिरोले धेरै क्षति पुर्याएको बताउँदै राहत वितरण गर्न पुगेका मख्यमन्त्री त्रिलोचन भट्टले यसलाई चाँडै पुनःस्थापनामा लाग्ने बताए । “अहिले बाटाघाटा सबै बन्द भएका छन् । भएको राहत सामग्री पनि प्रभावित क्षेत्र पुगाउन सकेका छैनौँ,” मुख्यमन्त्री भट्टले भने, “चाँडै सडक सञ्जाल मर्मत गरेर सामग्री पठाउने छौँ ।”

Rahat Rakam (1)1663849321.jpeg

पहिरोले घरबार सबै उजाडिएको बताउँदै कमलबजार–८, अछामका कल्यान्या दमाईले भने, “पहिरोले हाम्रो घरबास उजाडियो । अब कहाँ बस्ने र के खाने भन्ने चिन्तामा छौँ ।” घरखेत बगाएपछि अब जीवन कसरी चलाउने भन्ने पीडा रहेको बताउँदै उनले भने, “सबै घरखेत बगायो । अन्नबाली र लत्ताकपडासमेत नभएकोले दैनिकी चलाउन निकै समस्या भएको छ ।”

गत भदौ ३१ गते रातिको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले सुदूरपश्चिम प्रदेशमा ठूलो धनजनको क्षति भएको थियो । वर्षात्का कारण सबैभन्दा बढी अछाममा क्षति पुगेको थियो । पहिरोले अछाममा २३ जनाको मृत्यु हुनुका साथै १ जना बेपत्ता भएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  १८:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro