अर्थ व्यवसाय
काठमाडौं । आईएमई पेले हाल दिँदै आएको ६.०३ प्रतिशत ब्याजदरमा वृद्धि गरेको छ । कम्पनीले उक्त ब्याजदर वृद्धि गरेर ७.१३ प्रतिशत कायम गरेको हो ।
आईएमई पे प्रयोगकर्ताहरूले आफ्नो वालेटमा एक हजार कायम राखी सुपरवालेटमा रूपान्तरण भई यो सुविधा प्राप्त गर्न सक्छन् । आर्थिक समावेशीकरण एवं वित्तीय पहुँचको अभिवृद्धिमा यो महत्त्वपूर्ण कदम हुने विश्वास कम्पनीले लिएको बताइएको छ ।
यस्का साथै ग्राहकहरुले यस दसैँ, तिहार र छठको अवसरमा आईएमई पे डिजिटल दसैँ तिहार २०७९ अभियानअन्तर्गत आइएमई पेमार्फत कुनै पनि कारोबार गरेर बम्परमा राफ्ट वारिअरको ई स्कुटी, दैनिकमा दराजको डिस्काउन्ट भौचरका साथै अन्य धेरै उपहारहरू जित्ने मौका पाउनेछन् ।
प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९ १७:१९
प्रतिक्रिया दिनुहोस्