साहित्य
काठमाडौं । ‘प्रेम गीत–३’को हिन्दी भर्सन शुक्रबार रिलिज नहुने भएको छ । नेपाली भर्सन शुक्रबारबाट रिलिज भए पनि हिन्दी भर्सन भने सोमबारबाट रिलिज हुने भएको छ ।
यसको कारण भने निर्माण पक्षले स्पष्ट पारेको छैन । तर, आज सञ्चार मन्त्रालयले ‘प्रेम गीत–३’को हिन्दी भर्सनलाई पनि नेपाली चलचित्र नै भएको बताएको थियो ।
यसअघि, चलचित्र विकास बोर्डले हिन्दी भाषामा स्वरांकन गरेको चलचित्रलाई नेपाली भन्न नसकिने भन्दै विदेशी भाषाको चलचित्र सरह सेन्सरका लागि कागजात जुटाउन भनेको थियो । निर्माण पक्षले पनि सोही अनुसार कागजात जुटाएपछि सेन्सरका लागि चलचित्र विकास बोर्डले सेन्सर पासका लागि सिफारिस गरेको थियो ।
प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९ १७:०४
प्रतिक्रिया दिनुहोस्