site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सर्वेन्द्र खनालको विवादित इतिहास : ‘फेक इन्काउन्टर’ देखि ‘सांसद अपहरण’को आरोपसम्म 
Sarbottam CementSarbottam Cement

काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई बिहीबार पार्टी प्रवेश गराएका हुन् ।

ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा खनाललाई ओलीले पार्टी प्रवेश गराएका हुन् । ३० वर्ष प्रहरी सेवामा बिताएका खनाल काठमाडौं ६ र तनहुँमध्ये एकबाट चुनाव लड्ने तयारीमा छन् । 

‘विवादित’ पृष्ठभूमि रहेका खनाललाई यसअघि पनि नेकपा एमालेसँग नजिक रहेको आरोप थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तो छ विगत 

०७७ वैशाखमा अपहरण शैलीमा सांसद डा. सुरेन्द्र यादव जनकपुरबाट काठमाडौं ल्याइए । उनी समाजवादी पार्टीका सांसद थिए । उनलाई जनकपुरबाट काठमाडौं ल्याइपुर्‍याउने पात्र थिए महेश बस्नेत, किसान श्रेष्ठ र सर्वेन्द्र खनाल ।

Global Ime bank

लकडाउनका बेला कोही घरबाहिर निस्कन सक्ने अवस्था थिएन । आकस्मिक अवस्थामा बाहेक कोही बाहिर निस्कन नसक्ने अवस्थामा उनीहरु जनकपुर पुगेर डा. यादवलाई काठमाडौं ल्याएका थिए ।

उनलाई जनकपुरबाट राति ३ बजे काठमाडौं पुर्‍याइएको थियो । सांसद यादवलाई तत्कालीन प्रधानमन्त्री केपी ओलीको निर्देशनमा ल्याइएको बताइन्छ ।

पार्टी फुटाउनका लागि ओलीले नै यादवलाई काठमाडौं ल्याउन निर्देशन दिएका थिए ।

काठमाडौंको एक होटलबाट बाहिरिएपछि सासंद यादवले आफु अपहरणमा परेको बताएका थिए । खनालले भने अपरहण नभई यादव राजीखुसीले आएको दाबी गर्दै आएका छन् ।

निर्मला प्रकरण

०७५ साउन ११ मा कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त उखुबारीमा मृत अवस्थामा फेला परिन् । उनको बलात्कारपछि हत्या भएको अनुसन्धानबाट खुल्यो । तत्कालीन समयमा प्रहरी आईजीपी सर्वेन्द्र खनाल नै थिए ।

सो घटनामा प्रहरी अनुसन्धान निकै विवादितमात्रै बनेन प्रहरी इतिहासकै असफल घटनामा रुपमा यो घटना दर्ज भएको छ । अझैसम्म अभियुक्तको पहिचान हुन सकेको छैन । खनालकै कारण निर्मला घटनामा प्रहरी अधिकारीहरु नै दुई खेमामा विभाजित भएको एक उच्च प्रहरी अधिकारी बताउँछन् । केही प्रहरी अधिकारीहरु बर्खास्तीसम्म भए ।

कञ्चनपुरमा स्थानीयको आन्दोलनमाथि प्रहरीले गोली चलाउँदा एक निर्दोष १७ वर्षीय स्थानीय शनि खुनाले ज्यान गुमाए ।

कुमार पौडेलको ‘फेक इन्काउन्टर’

०७६ असार ५ गते प्रहरीले नियन्त्रणमा लिएर नेत्रविक्रम चन्द विप्लव समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको हत्या गरेको थियो । हत्या गर्ने टोली प्रहरी प्रधान कार्यालयबाटै परिचालित भएको थियो । तत्कालीन समयमा प्रहरी प्रमुख खनाल नै थिए ।

कुमार पौडेलको हत्या आरोपमा पूर्वगृहमन्त्री रामबहादुर थापा र पूर्वआईजीपी सर्वेन्द्र खनालसहितलाई जोडेर जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दर्ता भएको थियो । तर पछि उनीहरुको नाम हटाउन लगाइएको थियो ।

राष्ट्रिय मानवअधिकार आयोगले पौडेललाई प्रहरीले ९ राउन्ड गोली हानी हत्या गरेको निष्कर्ष निकालेको थियो ।  आयोगले घटनामा प्रहरीलाई निर्देशन दिने निकायका पदाधिकारी र आदेश दिने अधिकारीसमेतलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएको थियो ।

प्रहरीले दोहोरो फायरिङमा कुमारको ज्यान गएको बताए पनि आफन्तले भने प्रहरीले ‘फेक इन्काउन्टर’ गरेको बताउँदै आएका छन् ।

बदला लिन कुमार घैंटेको पनि ‘फेक इन्काउन्टर’

०६५ सालमा खनाल काठमाडौं प्रहरी प्रमुख थिए । तत्कालीन समयमा बागबजार क्षेत्रका गुन्डा नाइके कुमार घैँटे भनिने कुमार श्रेष्ठ डान्सबार सञ्चालन गर्दै आएका थिए । 

तत्कालीन समयमा सर्वेन्द्र खनालसँगै काम गरेका प्रहरी अधिकारीहरुका अनुसार एक दिन खनाल घैंटेलाई पक्राउ गर्न त्यहाँ पुगेका थिए । सो सूचना उनले पाएपछि बियरको बोतलले खनालको गाडीमा हानेर उनी भाग्न सफल भए ।  

उनै घैंटे ०७३ भदौ २ मा खनालकै निर्देशनमा मारिए । ०७३ मा खनाल अपराध महाशाखाको प्रमुख थिए । प्रहरीले घटनालाई दोहरो भिडन्त भने पनि घैंटे छोरीलाई स्कुल पु¥याएर घर फर्किदा प्रहरीले उनीमाथि गोली प्रहार गरेको थियो ।

कतिपयले खनालले घैंटेले आफ्नो गाडीमाथि बोतल प्रहारको बदला लिन ‘फेक इन्काउन्टर’ गरेको बताउँदै आएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  १३:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !