site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पूर्वराष्ट्रपति यादव भन्छन्– राष्ट्रपति भण्डारीबाट दोस्रोपटक संविधान उल्लंघन भयो
Siddhartha BankSiddhartha Bank

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले संघीय संसद्ले पुनः पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणिकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान उलंघन गरेको टिप्पणी गरेका छन् ।

राष्ट्रपति संस्थाको मर्यादा, गरिमा र कर्तव्यलाई समेत बोध नगरी राष्ट्रपति भण्डारीले विधेयक प्रमाणीकरण नगरेर संविधानको उलंघन गरेको पूर्वराष्ट्रपति यादवको भनाइ छ ।

Prabhu Bank
Agni Group
NIC Asia

बुधबार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रतिनिधिसभा विघटन गरेर पहिलोपटक संविधान उलंघन गरेकी राष्ट्रपति भण्डारीले विधेयक प्रमाणीकरण नगरेर फेरि संविधान उलंघन गरेको दाबी गरे । 

दोस्रोपटक पनि संघीय संसद्को दुवै सदनले पारित गरेर पठाएको विधेयकलाई राष्ट्रपति भण्डारीले प्रमाणीकरण हुनबाट रोक्न मिल्ने अवस्था नै नरहेको पूर्व राष्ट्रपति यादवको भनाइ छ । उनले बेलायत, भारत, अमेरिकालगायतका लोकतान्त्रिक मुलुकहरूको परम्परा र संविधानविद् तथा कानुनविद्हरूसँग परामर्श गरेर विधेयकलाई प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति भण्डारीप्रति असन्तुष्टि व्यक्त गरे ।

Global Ime bank

पूर्वराष्ट्रपति यादवले केपी ओली नेतृत्वको सरकारले संविधान विपरीत प्रतिनिधिसभा भंग गर्दा दलीय गठबन्धन, नागरिक समाज, बुद्धिजीवि, सञ्चार क्षेत्र र आम नेपाली जनताले बचाएको उल्लेख गर्दै नेपाली जनताले फेरि पनि संविधान बचाउन पहल गर्नुपर्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ५, २०७९  १७:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय