site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जब महामारी बढ्छ अनि गराइन्छ सिटामोल अभाव !
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सरकारले प्रकोपका बेला ‘सिटामोलको अभाव नगराउन’ निर्देशन दिएसँगै मूल्य बढाउन माग गर्दै आएका नेपाली औषधि उद्योगीले अहिलेकै शुल्कमा उत्पादन बढाउने भएका छन् ।

पछिल्ला वर्षहरूमा महामारीजन्य रोगहरूसँगै सिटामोलको खपत उच्च भएपछि उद्योगीले अहिलेकै मूल्यमा उत्पादन बढाउन नसक्ने भन्दै मूल्य समायोजनको माग गरेका थिए ।

तर, सरकारले उद्योगीको अनुरोध नसुनेपछि अहिलेलाई अभाव हुन नदिन सिटामोलको उत्पादन बढाइएको नेपाल औषधि उत्पादक संघका अध्यक्ष प्रज्वलजंग पाण्डेले बताए । पछिल्लो समय डेंगी संक्रमण बढेसँगै बजारमा सिटामोल अभाव हुन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिटामोल अभाव नगराउन र उत्पादन बढाउन उद्योगी तथा आयातकर्ताहरूलाई निर्देशन दिएको थियो । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

जब महामारी तब सिटामोल अभाव
सरकारले पारासिटामोलसहित ९८ वटा औषधिलाई सरकारी अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रहरूबाट नि:शुल्क वितरण गर्नुपर्ने सूचीमा राखेको छ । तर, कतिपय ठूला अस्पतालहरूमा समेत सिटामोल शुल्क तिरेर लिनुपर्ने अवस्था छ । त्यसमाथि जब कोभिड–१९ डेंगीजस्ता महामारीजन्य रोगहरूको प्रकोप फैलिन्छ तब बजारमा सिटामोलको अभाव खड्किन्छ ।  

निजी उद्योगबाट मात्रै वार्षिक सात करोड ट्याब्लेट सिटामोल बजारमा जाने गरेको छ । पछिल्लोपटक डेंगी बढेसँगै सिटामोलको माग एक सातामा ३० लाख ट्याब्लेटसम्म बढेको नेपाल औषधि उत्पादक संघको तथ्यांक छ । नेपाल औषधि लिमिटेडले ५०० एमजीसम्मको सिटामोल उत्पादन गर्दै आएको छ ।

Royal Enfield Island Ad

निजी क्षेत्रबाट २९ वटा कम्पनीले पारासिटामोल उत्पादनको अनुमति लिएका छन् । तीमध्ये २१ वटाले सिटामोलका विभिन्न प्रकारहरू उत्पादन गर्दै आएका छन् । तीमध्ये २१ वटा कम्पनीले नेपाली कम्पनीले उत्पादन गरिरहेका छन्, यसले बजारको ९९ प्रतिशत माग धान्ने गरेको छ । 

१५ वर्षदेखि सिटामोलको मूल्य बढाउन माग 
कच्चा पदार्थको मूल्य बढेसँगै सिटामोलको मूल्य समायोजन गर्न १५ वर्षदेखि सरोकारवालाहरूले माग उठाउँदै आएका छन् । नेपाल औषधि उत्पादक संघका अनुसार गतवर्ष सात करोड ट्याब्लेट सिटामोल उत्पादन गरी बजारमा पठाइएको थियो । यो वर्ष डेंगी संक्रमण बढेसँगै बजारमा सिटामोलको माग बढेको छ ।

अहिलेको मागलाई यो मात्राले पनि धान्न सक्ने अवस्था देखिएको संघका महासचिव विप्लव अधिकारी बताउँछन् । उनका अनुसार अहिलेको अवस्थामा उद्योगहरूलाई मात्रा बढाएर उत्पादन गर भन्नसक्ने अवस्थामा छैन । नेपाली उद्योगहरूले पहिले नै घाटामा गएर पारासिटामोल उत्पादन गरिरहेका छन् ।

कच्चा पदार्थदेखि बजारमा पठाउन तयार चक्की बनाउँदासम्मको शुल्क एक रुपैयाँ तीस पैसा पर्न आउँछ तर सरकारले तोकेको मूल्यअनुसार उत्पादकले ७३ देखि ७४ पैसा मात्रै पाइरहेका छन् ।

“नेपालमा वार्षिक पाँच लाखदेखि तीन करोड ट्याब्लेटसम्म सिटामोल उत्पादन गर्ने कम्पनी छन् । उनीहरूलाई यति ठूलो घाटा ब्यहोरेर उत्पादन बढाउ कसरी भन्ने ?,” अधिकारी प्रश्न गर्छन् ।

अधिकारीका अनुसार सरकारी मूल्यकै कारण उद्योहरू कच्चा पदार्थ लामो समय भण्डारण गरेर सिटामोल उत्पादन गर्ने क्षमतामा छैनन् । उनीले कि सरकारले कच्चा पदार्थको जिम्मा लिनुपर्ने अन्यथा मूल्यवृद्धि गर्नुपर्ने बताए । सिटामोलको मूल्यवृद्धिलाई राजतीनिकरण गरी २०६३ सालदेखि मूल्य समायोजन नगरिएको उनको आरोप छ । 

तत्काल सिटामोलको मूल्य बढाउने 'मुड'मा छैन सरकार 
नेपालमा ६५० एमजी (मिलिग्राम) को सिटामोल उत्पादनका लागि तीनवटा कम्पनीले अनुमति पाइसकेका छन् । त्यसको मूल्य कति रहने र कति मात्रामा उत्पादन गर्ने भन्नेबारे टुंगो लागिसकेको छैन ।

योसँगै ५०० एमजी सिटामोलको बजारमूल्य कम्तीमा दुई रुपैयाँ प्रतिचक्की हुनपर्ने उद्योगीले माग उठाउँदै आएका छन् । औषधि सल्लाहकार समिति र औषधि व्यवस्था विभागमासमेत पटक पटक यो विषयमा छलफल हुँदै आएको छ । तर, अहिलेलाई मूल्य बढाउने विषयमा छलफल नभएको स्वास्थ्य सचिव डा. रोशन पोखरेल बताउँछन् ।

“अहिले मूल्य समायोजनाबारे कुरा भएको छैन । बजारमा अभाव नगर्न र सिटामोलको उत्पादन बढाउन उद्योगी, विक्रेता लगायत सबैलाई मन्त्रीस्तरीय निर्देशन दिइएको छ,” डा. पोखरेलले भने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ५, २०७९  ०८:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro