site stats
बाह्रखरी :: Baahrakhari
देश
अवैध संरचना ३५ दिन भित्र हटाउन ललितपुर महानगरको अल्टिमेटम  

काठमाडौं । ललितपुर महानगरपालिकाले अवैध संरचना हटाउन निर्देशन दिएको छ । महानगरपालिकाले ३५ दिने सार्वजनिक सूचना प्रकाशन गर्दै सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचजना हटाउन निर्देशन दिएको हो ।
 
तोकिएको समयभित्र सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना नहटाएर महानगर आफैँले हटाउने चेतावनी दिइएको छ । 

“ललितपुर महानगरपालिका क्षेत्रभित्र नक्सा स्वीकृत बिना, मापदण्ड विपरित निर्माण भएका संरचनाहरू, सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी अतिक्रमण गरी निर्माण भएका स्लोप, टप, रयाम्प, सिंढीलगायतका संरचना हटाउन महानगरले भनेको छ । 

Argakhachi Cement Island Ad

“नक्सा स्वीकृत गर्दा पार्किंग प्रयोजन खुलाई स्वीकृत लिई अन्य प्रयोजनमा प्रयोग भएका संरचना, सार्वजनिक जग्गा अतिक्रमण गरी  निर्माण गरेका संरचनाहरु यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सुधार गरी वा हटाई कानुन बमोजिम कायम गर्नु हुन अनुरोध छ,” महानगरले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ, “उल्लेखित म्यादभित्र सूचना बमोजिमको कार्य नगरे/नगराएमा महानगरपालिका कार्यालयले त्यस किसिमका सरंचनाहरु हटाउने व्यहोरासमेत सम्पूर्ण नगरबासीहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।”


 

प्रकाशित मिति: बुधबार, असोज ५, २०७९  ०६:३८
प्रतिक्रिया दिनुहोस्