राजनीति
काठमाडौं । सिट बाँडफाँटमा सहमति खोज्न सत्ता गठबन्धनको बैठक आज बस्ने भएको छ । हिजो बसेको बैठक निष्कर्षविहीन बने पछि आज पुनः गठबन्धन सहमतिको प्रयासमा जुट्न लागेको हो ।
बैठक बिहान ८ बजेका लागि बोलाइएको छ ।
मंगलबार साँझ बालुवाटारमा बसेको बैठकमा प्रत्यक्षर्तफ १६५ सिटमध्ये करिब ८० प्रतिशत सिटमा सहमति भइसकेको छ । सञ्चारमन्त्रीसमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, असोज ५, २०७९ ०५:५५
प्रतिक्रिया दिनुहोस्