धनगढी । काठमाडौंबाट उडेको सौर्य एयरलाइन्सको विमान धनगढीको आकाशमा ‘होल्ड’ भएको छ । अवतरण गर्न लाग्दा रनवेमा स्याल देखिएपछि दुई मिनेट आकाशमै होल्ड भएको हो ।
धनगढी विमानस्थलको रनवेमा स्याल देखेपछि सौर्य एयरलाइन्सको जहाज अवतरणमा केही ढिलाइ भएको हो ।
काठमाडौंबाट आएको सौर्य एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा रनवेमा स्याल देखिएपछि जहाजले 'ओभरसुट' गरेको थियो । दुई मिनेट ढिलो गरेर जहाज सुरक्षित अवतरण गरिएको थियो ।
ओभरसुट गरेको जहाजले धनगढीको आकाशमा फन्को मारेपछि अवतरण गरेको धनगढी विमानस्थल कार्यालयका निमित्त प्रमुख सोहनराज जोशीले जानकारी दिए ।
कुनै प्राविधिक समस्या नभएर रनवेमा स्याल प्रवेश गरेका कारण जहाजले आकाशमा दुई मिनेट होल्ड गरेको बताइएको छ । शुक्रबार बिहानैदेखि वर्षा भइरहेको छ ।