अर्थ व्यवसाय
काठमाडौं । ‘दि नेपाल डिस्टिलरिज’ले ‘खुकुरी ह्वाइट रम’ बजारमा ल्याएको छ ।
योसँगै खुकुरी ब्रान्डको पोर्टफोलियोमा अब तीन प्रकारका रमहरू भएका छन् । यसअघिका खुकुरी ट्रिपल एक्स रम, खुकुरी स्पाइस्ड रम र खुकुरी ह्वाइट रम गरी तीन प्रकार भएको हो ।
नेपालको मौलिक स्वादमा खुकुरीको ह्वाइट रम तयार गर्न दुई वर्षभन्दा बढी समय लगाएको कम्पनीले जनाएको छ ।
खुकुरी रमको ब्रान्ड पोर्टफोलियोमा विश्वस्तरीय ह्वाइट रम थपिएकोमा आफूलाई गर्व महसुस भएको ‘दि नेपाल डिस्टीलरिज’का महाप्रबन्धक शुभाष लामिछानेले बताए ।
प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९ १६:५०
प्रतिक्रिया दिनुहोस्