अर्थ व्यवसाय
![इन्फ्रास्ट्रक्चर आइडिया हन्टका तीन विजेतालाई पुरस्कार प्रदान](https://12khari.top/uploads/posts/winners1663238852.png)
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
काठमाडौं । नेपाल उद्योग परिसंघले इन्फ्रास्ट्रक्चर आइडिया हन्ट २०२२ का तीन विजेतालाई पुरस्कार प्रदान गरेको छ ।
कपिल अधिकारीको ट्राफिक ट्र्याकिङ, सौरभसिंह चोेधरीको राइस ट्रान्सप्लान्टर र जोसेफ श्रेष्ठको रिभर्स भेन्डिङ मेसिनले पुरस्कार प्राप्त गरेका थिए । उनीहरुलाई जनही १ लाख ५० हजार पुरस्कार प्रदान गरेको परिसंघले जनाएको छ ।
हाल पूर्वाधार क्षेत्र (यातायात, सिँचाइ, ऊर्जा, आवास, कृषि, डिजिटल आदि)मा रहेको पूर्वाधारका समस्याहरुलाई सम्बोधन गर्ने उदेश्यका साथ इन्फ्रास्ट्रक्चर आइडिया हन्टले नयाँ सोच भएका आइडियाहरुलाई प्रोत्सहान र अवसर प्रदान गरेको हो ।
प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९ १६:३१
प्रतिक्रिया दिनुहोस्