अर्थ व्यवसाय
काठमाडौं । वीर अस्पतालले अबदेखि घर बहाल कर काठमाडौं महानगरपालिकालाई बुझाउने भएको छ ।
अस्पताललाई महानगले घर बहाल कर नबुझाएको भन्दै कर चुक्ता गर्नका लागि १० दिनको अल्टिमेटम दिएको थियो ।
अस्पतालले आफूले उठाउने भाडाको १० प्रतिशत रकम स्थानीय सरकार सञ्चालन ऐन २०७४ जारी हुनुपूर्वकै व्यवस्थाअनुसार आन्तरिक राजश्व कार्यालयमा बुझाउने गरेको जनाएको छ ।
अस्पतालले चालु आर्थिक वर्षदेखिको घर बहाल कर भने महानगरलाई बुझाउने भन्दै सूचना प्रकाशित गरेको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९ १३:२७
प्रतिक्रिया दिनुहोस्