site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
'सिटामोलको मूल्य नबढाए उत्पादन नै बन्द गर्ने अवस्था आउनसक्छ'
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाली बजारमा महामारीका बेला सिटामोलको अभाव हुने समस्या फेरि दोहोरिएको छ । डेंगी संक्रमण बढेसँगै सिटामोलको माग उच्च भएको छ । तर, औषधि पसलहरूमा पाइन छोडेको छ । अस्पतालका फार्मेसीमा सीमित मात्रामा सिटामोल पाइन्छ । तर, बाहिरका फार्मेसीमा पाउन मुस्किल छ ।

यसअघि कोभिड १९ महामारी उच्च भएका वर्षहरूमा पनि बजारमा सिटामोलको यस्तै अभाव देखिएको थियो । यसपटक बजारमा सिटामोल अभाव हुनुको कारण के हो ? यसबारे बाह्रखरीले नेपाल औषधि उत्पादक संघ एपोनका महासचिव विप्लव अधिकारीसँग कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश :

नेपालमा सरकारी मातहतमा रहेको नेपाल औषधि लिमिटेडले ५०० एमजीसम्मको सिटामोल उत्पादन गर्दै आएको छ । निजी क्षेत्रबाट २९ वटा कम्पनीले पारासिटामोल उत्पादनको अनुमति लिएका छन् । तीमध्ये २१ वटाले सिटामोलका विभिन्न प्रकारहरू उत्पादन गर्दै आएका छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

सरकारी अस्पतालहरूबाट नि:शुल्क वितरण हुनेबाहेक नेपाली बजारमा वार्षिक सात करोड चक्कीसम्म सिटामोल खपत हुने गरेको छ । तीमध्ये २१ वटा कम्पनीले नेपाली कम्पनीले उत्पादन गरिरहेका छन् । यसले बजारको ९९ प्रतिशत माग धान्ने गरेको छ ।

गत वर्ष सात करोड ट्याब्लेट सिटामोल उत्पादन गरी बजारमा पठाइएको थियो । यो वर्ष डेंगी संक्रमण बढेसँगै बजारमा सिटामोलको माग बढेको छ । पछिल्लो सातामात्रै थप ३० लाख ट्याब्लेट उत्पादन गरी बजार पठाइएको थियो । तर, यो मात्राले पनि धान्नसक्ने अवस्था देखिएको छैन ।

Royal Enfield Island Ad

अहिले हामी आफैँ बजारमा निस्किँदा पनि सिटामोलको अभाव देख्यौँ, अस्पतालहरूमा सीमित मात्रामा पाएपनि फार्मेसीहरूमा सिटामोल उपलब्ध छैन । बजार माग नै धेरै भएकाले हाम्रो उत्पादनले धान्न सकिरहेको छैन । अहिलेको अवस्थामा उद्योगहरूलाई मात्रा बढाएर उत्पादन गर भन्नसक्ने अवस्थामा हामी छैनौँ, किनकि नेपाली उद्योगहरूले पहिले नै घाटामा गएर पारासिटामोल उत्पादन गरिरहेका छन् ।

कच्चा पदार्थदेखि  बजारमा  पठाउन तयार चक्की बनाउँदासम्मको शुल्क एक रुपैयाँ तीस पैसा पर्न आउँछ तर सरकारले तोकेको मूल्यअनुसार उत्पादकले ७३ देखि ७४ पैसा मात्रै पाइरहेका छन् । नेपालमा वार्षिक पाँच लाखदेखि तीन करोड ट्याब्लेटसम्म सिटामोल उत्पादन गर्ने कम्पनी छन्, उनीहरूलाई यति ठूलो घाटा ब्यहोरेर उत्पादन बढाउ कसरी भन्ने ? सरकारी मूल्यकै कारण उद्योहरू कच्चा पदार्थ लामो समय भण्डारण गरेर सिटामोल उत्पादन गर्ने क्षमतामा छैनन् ।

कि सरकारले कच्चा पदार्थको जिम्मा लिइदिनुपर्‍यो नभए मूल्यवृद्धि गर्नेतर्फ ध्यान दिनुपर्‍यो । अन्यथा थप गरेर उत्पादन गर्न सकिँदैन । सिटामोलको मूल्यवृद्धिलाई राजतिनिकरण गरियो । ०६३ सालदेखि मूल्य समायोजन भएको छैन । कोभिड १९ को महामारीका समयमा पनि हामीले मानवता र आफ्नो दायित्व सम्झिएर घाटामै भए पनि सिटामोलको उत्पादन बढाउन र नागरिकलाई आधारभूत औषधिबाट वञ्चित नगर्न उद्योगहरूलाई आग्रह गर्‍यौँ । तर, यो चौँथो वर्ष भयो सरकार मूल्य समायोजन गर्ने कुरामा सिरियस भएन बरु मूल्यवृद्धिको षियलाई राजनीतिकरण गरियो ।

यही अवस्थामा सिटामोल उत्पादन गरिरहन सकिँदैन । सरकारले नबुझ्ने हो भने उत्पादन नै बन्द गर्नुपर्ने अवस्था आउनसक्छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९  ०६:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro