site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अवैध संरचना भत्काउने अभियान जारी : सडकमा निर्माण सामग्री राख्ने ठेकेदारलाई २० हजार जरिबाना
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । झन्डै एक महिनादेखि काठमाडौं महानगरपालिकाले सुरु गरेको अवैध संरचना भत्काउने काम  जारी  छ । आज मात्र महानगरले विशालनगरमा सञ्चालित मल्टी स्कुलले फुटपाथ मिचेर निर्माण गरेको एक सय मिटर कम्पाउन्ड भत्काएको छ । 

त्यसैगरी विशालनगरमा निर्माणाधीन अवस्थामा रहेको एडीबीको भवन निर्माणका क्रममा निर्माण सामग्री सडकमा राखेको पाएपछि ठेकेदारलाई रु. २० हजार जरिबाना गराइएको छ  ।  

KFC Island Ad
Dabur Nepal
NIC Asia

त्यस्तै, कालीमाटी कुलेश्वरमा अवैध संरचना हटाउने सम्बन्धमा माइकिङ गरी पुनः सम्बन्धित व्यक्तिलाई नै हटाउन आग्रह गरिएको महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।    

अवैध रूपमा निर्माण भएका संरचना भत्काउने सम्बन्धमा महानगरले गत साउन १ गते दिएको ३५ दिने सूचनाको बेवास्ता गरेपछि यही भदौ ६ गतेदेखि त्यस्ता संरचनालाई डोजर लगाएर भत्काउन सुरु गरिएको हो ।  

Royal Enfield Island Ad

नक्साअनुसार निर्माण नगरिएका, नक्साअनुसार निर्माण गरिए पनि सोही अनुसार प्रयोग नगरिएका र सार्वजनिक जग्गा मिचेर बनाइएका सबै संरचना अवैध ठहर गर्दै कामपाले त्यस्ता संरचनामाथि डोजर चलाएर भत्काउन सुरु गरेको हो । 

हालसम्म महानगरले अवैध ठहर भएका सानाठूला गरी दुई सयभन्दा बढी संरचना भत्काइसकेको र आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिने कामपाको भनाइ छ । उक्त कार्य महानगरले सुरु गरेको एक महिना बित्न नपाउँदै उपत्यकाका अन्य र उपत्यका बाहिरका स्थानीय तहले पनि यसलाई कार्यान्वयन गर्न थालेका छन् । 

हाल बेसमेन्ट र अन्डरग्राउन्ड पार्किङ राख्ने सर्तमा कर छुट लिइरहेका ३५ वटा भवन रहेका छन् । ती सबैलाई कानूनी दायरामा ल्याउने कामपाको तयारी  छ  । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९  २२:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro