site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डेंगी भएपछि सावित्राले श्रीलंकाविरुद्ध नेखेल्ने
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य स्ट्राइकर सावित्रा भण्डारीलाई डेंगी भएपछि आज हुने श्रीलंकाविरुद्धको खेल गुमाउने भएकी छन् । 

सावित्रालाई हिजोबाट डेंगी भएको एन्फा स्रोतले जनाएको छ । यसअघि टिमकी मिडफिल्डर मञ्जली कुमारी योञ्जनलाई पनि डेंगी भएको थियो । जसका कारण मञ्जलीले भुटानविरुद्धको खेल गुमाएकी थिइन् । मञ्जलीले आज पनि नखेल्ने पक्का छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

सावित्राले भुटानविरुद्ध दुई गोल गरेकी थिइन् । सावित्राको अनुपस्थित आज नेपालका लागि महंगो सावित हुन सक्छ । नेपालले आज सेमिफाइनल प्रवेशका लागि समूह ‘बी’को अन्तिम खेलमा श्रीलंकाविरुद्ध खेल्न लागेको हो । पछिल्लो खेलमा भुटानले श्रीलंकामाथि ५–० को सनसनीपूर्ण विजय हासिल गरेपछि प्रतियोगितामा समूह ‘बी’को समीकरण रोमाञ्चक बनेको छ । साफ च्याम्पियनसिपमा भुटानको त्यो पहिलो जित थियो । नेपाल र भुटानको समान तीन अंक छ । तर, भुटानले दुई खेल खेलिसकेको छ । 

आज श्रीलंकाले जितेमा उसको पनि तीन अंक हुनेछ । तर, श्रीलंकालाई पाँच गोल गर्नु पर्नेछ । अन्यथा गोलअन्तरमा नेपालले सेमिफाइनलमा स्थान बनउनेछ । बराबरी गरेमा नेपाल समूह विजेता बन्नेछ । 

Royal Enfield Island Ad

नेपालले पहिलो खेलमा भुटानलाई ४–० ले हराएको थियो । आज नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा श्रीलंकाविरुद्ध साँझ ५ः३० बजे खेल्नेछ । नेपाल लगातार दोस्रो जितको खोजीमा छ । नेपाल चार पटकको विजेता टोली हो । २०१६ मा नेपाल सेमिफाइनलबाट बाहिरिएको थियो । 

समूह ‘ए’बाट भारत र बंगलादेशले अन्तिम चारमा स्थान पक्का गरिसकेका छन् । माल्दिभ्स र पाकिस्तान भने प्रतियोगिताबाट बाहिरिसकेका छन् । दुई खेलबाट भारत र बंगलादेशले समान ६ अंक जोडेका छन् ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९  १५:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro