काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले भदौ १५ गतेदेखि १९ गतेसम्म निष्कासन गरेको उक्त आईपीओ बिक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेडको कार्यालय, कमलपोखरीमा बाँडफाँट भएको हो ।
गोलाप्रथाबाट बाँडफाँट गरिएको सो आईपीओ १० कित्ताका दरले ३६ हजार ८५९ जना आवेदकले प्राप्त गरेका छन् । कम्पनीको आईपीओमा १८ लाख ३८ हजार ७५१ जनाले आवेदन दिएका थिए ।
लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यको तीन करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको तीन लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको थियो ।
निष्कासन गरिएको कुल शेयरमध्ये पाँच हजार ४७० कित्ता कर्मचारीका लागि, १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको थियो । बाँकी रहेको तीन लाख ६८ हजार ५९० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिएका थिए ।