site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सन्दीपविरुद्ध प्रमाण संकलन गर्दै प्रहरी, नगरकोटमा भेटिएन ‘सीसीटीभी फुटेज’
फाइल तस्बिर।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरी अनुसन्धान जारी छ ।

लामिछानेले यही भदौ ५ गते राति नगरकोट घुमाएर राति काठमाडौं होटलमा ल्याएर बलात्कार गरेको एक किशोरीको प्रहरीमा जाहेरी दिएकी छन् । सन्दीपविरुद्ध पक्राउ पुर्जीसमेत जारी भइसकेको छ ।

सन्दीपले नाबालिक किशोरीलाई सुरुमा ‘नगरकोटमै बसौँ’ भनेर दबाब दिएको उनीविरुद्धको जाहेरीमा उल्लेख छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

गएको मंगलबार साँझ प्रहरी वृत्त गौशालामा आफूमाथि बलात्कार भएको भन्दै एक १७ वर्षीया किशोरीले सन्दीपविरुद्ध जाहेरी दिएकी हुन् । जाहेरी दिने किशोरी सन्दीपकै साथीको साथी रहेको खुलेको छ । सन्दीपकै साथीले उनीहरू दुईजनाबीच चिनजान गराइदिएकी थिइन् ।

काठमाडौंको ‘होटल काठमाडौं इन’मा राति सन्दीपले ती किशोरीलाई पटक–पटक बलात्कार गरेको उजुरीमा उल्लेख छ । प्रहरीका अनुसार सो होटलको सीसीटिभी फुटेजमा पनि सन्दीप र पीडित किशोरी सँगै देखिएका छन् ।

Royal Enfield Island Ad

तर, नगरकोटमा बसेको होटलको सीसीटिभी फुटेज भने फेला पर्न सकेको छैन । प्राविधिक समस्याका कारण फुटेज ‘स्टोर’ नरहेको बताइएको छ ।

तर, प्रहरीले काठमाडौं र नगरकोट दुवै होटलका कर्मचारीसँग सोधपुछ गरिरहेको छ । परिसर काठमाडौंका प्रमुख एसएसपी भरत बोहरा सन्दीपविरुद्धका प्रमाण संकलनमा प्रहरी सक्रिय रहेको बताउँछन् ।

एसएसपी बोहराले भने, “प्रहरी प्रमाण संकलनमा छ । सन्दीप फेला पर्नेबित्तिकै पक्राउ पर्छन् । प्रहरीले अनुुन्धानलाई निरन्तरता दिएको छ ।”

पीडित किशोरीले प्रहरीलाई दिएको जानकारीअनुसार त्यो दिन उनी होस्टेल फर्कन चाहन्थिन् । तर, राति आठ बजेपछि होस्टेल बन्द हुने भएकाले सन्दीपले उनलाई सँगै बस्न दबाब दिएका थिए । 

सन्दीपले नगरकोटबाट फर्कने क्रममा होटेल काठमाडौं इनमा फोन गरेर कोठा ‘बुक’ गरेका थिए । आफूले दुई कोठा लिन आग्रह गरेको र सन्दीपले नमानेको किशोरीको जाहेरीमा उल्लेख छ ।

होटेल काठमाडौं इनको सीसीटीभी फुटेजमा उनीहरू राति ११ः५५ बजे होटेल प्रवेश गरेको देखिएको छ । बिहान ६ः४५ मा दुवैजना सँगै बाहिर निस्किएको देखिएको छ ।

सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन् । तर, उनलाई क्यानले निलम्बन गरेसँगै उनले आफू नेपाल फर्किने र कानुनी लडाइँ लड्ने बताएका छन् ।

सन्दीपविरुद्ध जाहेरी दिने किशोरीको घर नुवाकोट हो । उनी काठमाडौंको बागबजारको एक कलेजमा अध्ययनरत छिन् । सन्दीप र ती किशोरीबीच एक महिनाअघि मात्र चिनजान भएको थियो ।

भदौ ६ गते सन्दीपसहितको टोली क्रिकेट श्रृंखलाका लागि केन्या प्रस्थान गरेको थियो । त्यहाँ नेपालले पाँच खेलको ट्वान्टी–२० शृंखला खेलेको थियो । जसको नेतृत्व सन्दीपले गरेका थिए ।

प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट संयुक्त रूपमा खटिएको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । सन्दीप विश्व क्रिकेटका उदीयमान ‘लेग स्पीनर’ हुन् । २२ वर्षीय सन्दीपले हालसम्म नेपालका लागि ३० अन्तर्राष्ट्रिय एकदिवसीय र ४४ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९  १२:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro