site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ला लिगा : बार्सिलोनाको लगातार चौथो जित
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । रंगशालामा समर्थक बिरामी भएपछि झन्डै ५० मिनेट रोकिएको खेलमा बार्सिलोनाले शनिबार राति स्पेनिस ला लिगामा कार्डिजलाई ४–० ले हराएको छ । 

खेल सकिन १० मिनेटभन्दा कम समय बाँकी थियो । तर, एक्कासी खेल रोकिएको थियो । १९ हजारभन्दा धेरै दर्शक उपस्थित रंगशालामा एक जना समर्थक अचानक बिरामी भएपछि उनलाई प्राथमिक उपचारपछि अस्पताल लगिएको थियो । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

खेल रकिँदासम्म बार्सिलोनाले २–० को अग्रता लिइसकेको थियो । पाहुना टोली बार्सिलोनाले फ्रांक डी जोङको गोलबाट ५५ औँ मिनेटमा अग्रता लिएको थियो । ६५ औँ मिनेटमा रोबर्ट लेवानडोस्कीले बार्सिलोनाको अग्रता दोब्बर बनाए । ५० मिनेट रोकिएर खेल सुरु भएपछि बार्सिलोनाले थप दुई गोल थप्यो । 

खेल सकिन चार मिनेट बाँकी हुँदा अंसु फातीले गोल गरे भने इन्जुरी समयमा ओसमाने डेम्बेलेले अर्को गोल थपे । फाती र डेम्बेले दुवैको गोलमा लेवानडोस्कीले अवसर सिर्जना गरिदिएका थिए । 

Royal Enfield Island Ad

ला लिगामा बार्सिलोनाको लगातार चौथो जित हो । पाँच खेलबाट १३ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ । जुन दोस्रो स्थानको रियाल मड्रिडभन्दा एक अंकले माथि हो । तर, रियालले एक खेल कम खेलेको छ । पराजित कार्डिज अंकविहीन छ । 

ला लिगाको अन्य खेलमा एट्लेटिको मड्रिडले सेल्टा भिगोलाई ४–१ ले हरायो । घरेलु टोली एट्लेटिकोको जितमा एन्जेल कोरेरा, रोड्रिगो डी पाउल, यानिक कारास्कोले गोल गरेका थिए भने अर्को युनाई नुनेजको आत्मघाती गोल उपहार पाएको थियो । सेल्टा भिगोका लागि गाब्रियल भेगाले गोल गरेका थिए । 

पाँच खेलबाट १० अंक जोडेको एट्लेटिको चौथो स्थानमा छ । पराजित सेल्टा भिगो सात अंकका साथ ११ औँ स्थानमा छ । अन्य खेलमा सेभियाले स्पानियोललाई ३–२ ले हराउँदा रायो भायोकानोले भ्यालेन्सियालाई २–१ ले हरायो । त्यस्तै जिरोनाले रियाल भालाडोलिडलाई २–१ ले हरायो । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९  ०८:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro