काठमाडौं । मकवानपुर क्षेत्र नम्बर २ बाट राप्रपा नेपाल महामन्त्री राजाराम बर्तौला सर्वसम्मत सिफारिस भएका छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको तर्फबाट महामन्त्री बर्तौला सिफारिस भएका जिल्ला अध्यक्ष गुरुप्रसाद सापकोटाले जानकारी दिए ।
यसअघि, पार्टीले मकवानपुर क्षेत्रनम्बर १ बाट पार्टी अध्यक्ष कमल थापालाई एकल सिफारिस गरेको थियो । आजकै बैठकले प्रदेशको प्रत्यक्ष उमेदवार अन्तर्गत १ ‘क’बाट राजाराम अर्याल, बद्री कुँवर, कमल बिडारी, १ ‘ख’बाट दामोदर वाग्ले, प्रेमलाल श्रेष्ठ ,अर्जुन ढुंगानालाई सिफारिस गरेको छ ।
त्यसैगरी मकवानपुर २ ‘क’बाट बैकुण्ठ सुवेदी, रामु रिजाल, सरोज गुरागाईं तथा २ ‘ख’बाट राधाकृष्ण बिष्ट ,सुजेन्द्र ठकुरी र चन्द्रमान लामा सिफारिस भएका छन् ।
समानुपातिकतर्फ भोलि बस्ने बैठकले टुंगो लगाउने अध्यक्ष सापकोटाले जानकारी दिए ।