site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अपूर्व क्षितिजलाई हिरासतमुक्त गर्न एमालेको माग
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेकपा (एमाले)ले कलाकार अपूर्व क्षितिज सिंहको रिहाइको माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सुरुमै समय लिएका एमाले प्रमुख सचेतक विशाल भट्टराईले अपूर्व क्षितिजलाई रिहा गर्न माग गरे । उनले मन्त्रीलाई कर्के नजरले हेर्दा सुरक्षा गार्ड पक्राउ पर्ने अवस्था रहेको भन्दै कलाकारमाथिको दमन बन्द गर्नुपर्ने बताए ।
 
“सभामुख महोदय, एकजना कलाकार अपूर्व क्षितिज सिंहले केही दिनअघि आफ्नो फेसबु्कमा पोष्टमा आफ्नो हास्यव्यंग्य राखेवापत हास्यव्यंग्य गरेवापत दश दिनदेखि थुनामा छन्,” भट्टराईले भने, “हुन त यो मुलुकमा मन्त्रीलाई यस्सो कर्के नजर लगाएर हेर्यो भने पनि सुरक्षा गार्ड पक्राउ पर्ने देश हो । अहिले त्यो खालका मन्त्रीहरु सत्तामा आसिन हुनुहुन्छ ।” 

भट्टराईले अहिले देखिएको अवस्थाले लोकतान्त्रिक समाजमाथि नै प्रश्न उठाइरहेको बताए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

“कला प्रस्तुत गर्ने क्रममा अलिकति हास्य प्रस्तुतिका क्रममा केही कसैलाई मर्का पर्‍यो होला । कसै न कसैलाई मर्का पारिरहेकै हुन्छ, हास्य प्रस्तुतिमा,” भट्टराईले भने, “हामीले देखेका छौँ, शीर्ष नेताहरुले प्रज्ञाभवन र सभागृहमा बसेर आफ्ना आलोचना हाँसी हाँसी सुनेको । अनि यसवापत नै एउटा कलाकारलाई यो सरकार दश दिनदेखि थुनिरहेको छ । म उहाँको रिहाइको जोडदार माग गर्दछु ।” 

यसअघि नै अपूर्व क्षितिजले पोष्टमार्फत क्षमायाचना गरेर पोष्ट डिलिटसमेत गरिसकेको भन्दै भट्टराईले कालकारमाथिको दमन बन्द हुनुपर्ने बताए ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९  १४:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro