site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दिउँसै बत्ती बालेर त्रिवि उपकुलपति बास्कोटाको खोजी !
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी (नेवि) संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटा ‘हराएको’ भन्दै खोजी गरेको छ । 

नेवि संघले मंगलबार विश्वविद्यालय परिसरमा दिउँसै मैनबत्ती बालेर ‘भीसी हराएको भन्दै’ खोजी गरेको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

विश्वविद्यालयको परीक्षा प्रणाली एकदमै फितलो हुँदै गएकाले विश्वविद्यालयले हालसम्म प्रदान गरेका प्रमाणपत्र तथा समग्र विश्वविद्यालयको विश्वसनीयतामाथि ठूलो प्रश्न चिह्न खडा भएको संघको आरोप छ । 

संघले एम.ए. तेस्रो सेमेस्टरको ‘पब्लिक इकोनोमिक्स’ र प्रथम सेमेस्टरको ‘इन्टरनेसनल पोलिटिक्स’ विषयका प्रश्नपत्रहरू अघिल्लो सालको दोहोरिएकोमा छानबिन नगरेको भन्दै उपकुलपतिको विरोध गरेको हो । 

Royal Enfield Island Ad

साथै, बीबीए छैटौँ सेमेस्टरको ‘अर्गनाइजेसन विह्याभियर’ विषयको बोर्ड परीक्षामा निजी कलेजको प्रि–बोर्डको प्रश्नपत्र ल्यायर जस्ताको त्यस्तै सोध्नु तथा बीबीएकै अन्य चारवटा पेपरहरूमा त्रुटि देखिएकाेमा छानबिन समितिले दिएको प्रतिवेदन सार्वजनिक नगरेर दोषीलाई लुकाउन खोजेको संघले आरोप लगाएकाे छ । 

“विश्वविद्यालयलाई अस्तव्यस्त छोडेर उहाँ फिनल्यान्डको भ्रमणमा जानुभएछ । त्यसकारण हामीले दिउँसै मैनबत्ती बालेर उहाँको खोजी गरेका हौँ,” विद्यार्थी नेता श्यामराज ओझाले भने, “मिडियामा विश्वविद्यालय सुधार गर्छौँ भन्ने उपकुलपति व्यवहारमा शून्य हुनुहुन्छ । घुम्न पाए भन्दैमा यस्तो अस्तव्यस्त विश्वविद्यालय छोडेर उपकुलपति फिनल्यान्डलगायत युरोपका देश जानु भएको छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २१, २०७९  १८:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro