site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सातवटा क्यासिनोलाई सात दिनभित्र मनोरञ्जन कर तिर्न महानगरको अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाले सातवटा क्यासिनोलाई सात दिनभित्र मनोरञ्जन कर बुझाउन अल्टिमेटम दिएको छ । महानगर राजस्व विभागका प्रमुख शिवराज अधिकारीले एक विज्ञप्ति जारी गर्दै कर बुझाउन सात दिने अल्टिमेटम दिएका हुन् ।

महानगरले वडा नम्बर १ मा रहेको म्यारियटको डेल्टिन क्यासिनो होटल, अन्नपूर्ण होटलमा रहेको क्यासिनो प्यालेस, वडा नम्बर २ स्थित क्यासिनो र्‍याट, र्‍याडिसन होटल, प्राइम इन्टरटेनमेन्ट एन्ड रिक्रियसन हायात होटल, माजोङ इन्टरटेनमेन्ट होटल सोल्टी, वडा नम्बर २६ स्थित बाल्को क्यासिनो होटल, एलप्ट, र बेली क्यासिनो मल्ल होटललाई मनोरञ्जन कर तिर्न अल्टिमेटम दिएको हो ।  

KFC Island Ad
Dabur Nepal
NIC Asia

यी क्यासिनोलाई कर बुझाउन पटकपटक ताकेता गरेपनि आर्थिक वर्ष २०७५/०७६ देखि नै नबुझाएको महानगरले जनाएको छ ।  तोकिएको अल्टिमेटमभित्र कर नबुझाए महानगरपालिकाको राजस्व ऐन २०७५ अनुसार कारबाही गरिने जनाइएको छ ।

302426992_1162623994286804_432821084313512927_n (1)1662288793.jpg

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९  १६:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro