site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आन्दोलनका कार्यक्रम स्थगित गर्न कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह
Siddhartha BankSiddhartha Bank

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरी निर्वाचनको तयारीमा सरकारलाई सहयोग गर्न कर्मचारीहरूलाई आग्रह गरेका छन् ।

आइतबार काठमाडौंमा नेपाल निजामती कर्मचारी युनियनले गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले संघ र प्रदेशको निर्वाचन नजिकिँदै गएको अवस्थामा सरकारलाई सहयोग गर्न आग्रह गरेका हुन् ।

Agni Group
NIC Asia

उनले कर्मचारीका जायज माग सम्बोधन गर्दै छिट्टै संघीय निजामती ऐन ल्याउने प्रतिबद्धता जनाए । ऐनको सन्दर्भमा आएका सुझावहरूका बारेमा आफू जानकार रहेको भन्दै उनले समयसापेक्ष सुधार गरिने बताए ।

स्थायी सरकारका रूपमा रहेको निजामती सेवा सरकारको राज्य सञ्चालनको नजिकको संयन्त्र भएको पनि उनले बताए ।

Global Ime bank

यस्तै, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले संविधान परिवर्तनीय दस्तावेज भएको भन्दै कर्मचारीका जायज मागलाई सम्बोधन हुने गरी ऐनलाई अन्तिम रूप दिइनुपर्ने बताए ।

कार्यक्रममा कर्मचारीहरूले आफूहरूको वृत्तिविकासका लागि सरकारले विशेष ध्यान दिनुपर्ने बताएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९  १४:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu