देश
काठमाडौं । कञ्चनपुरको दोदा नदीको जलसतहले खतराको तह पार गरेको छ । दोदा/मछेली नदी बाढी मापन केन्द्रमा आइतबार राति १०:४५ बजे पानीको बहाबले खतरा तह पार गरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विभागले नदीको बहाब बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा बाढीको उच्च जोखिम रहेको जनाएको छ । विभागले सोमबार बिहानसम्म उच्च सतर्कताका साथ सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।
कञ्चनपुरमा शनिबारदेखि वर्षा भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, असार २३, २०८१ २३:२६
प्रतिक्रिया दिनुहोस्