site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘अर्को भोर’, माया ठकुरी र सन्दुक रुइतलाई पद्मश्री
Sarbottam CementSarbottam Cement

काठमाडौं । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७८ सालको पद्मश्री साहित्य पुरस्कार कथाकार केशवराज ज्ञवालीको ‘अर्को भोर’ कथासंग्रहलाई प्रदान गर्ने निर्णय गरेको छ । 

प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानले जारी गरेको विज्ञप्तिअनुसार ‘पद्मश्री साधना सम्मान’ तीसको दशकदेखि नेपाली आधुनिक कथाका क्षेत्रमा महत्त्वपूर्ण योगदान दिने कथाकार माया ठकुरीलाई अर्पण गर्ने निर्णय गरिएको छ । उनका कथाहरू समाजका सूक्ष्म संवेदना र मनवीय भावनाले ओतप्रोत रहेको विज्ञप्तिमा उल्लेख छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यसवर्षदेखि प्रतिष्ठानले समाजलाई गौरवपूर्ण योगदान दिँदैआएका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वलाई ‘पद्मश्री गौरव पुरस्कार’द्वारा सम्मान गर्ने निर्णय गरेको छ । यसवर्षको ‘पद्मश्री गौरव पुरस्कार’ लाखौं मानिसलाई आँखाको ज्योति प्रदान गर्ने नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई अर्पण गर्ने निर्णय गरिएको जनाइएको छ । 

दुर्गम हिमाली गाउँमा जन्मिएर कठिन संघर्ष गर्दै नेत्र चिकित्साका क्षेत्रमा सगरमाथाको उँचाइ हासिल गर्न सफल रुइत अँध्यारोमा रुमलिएका लाखौं जीवनलाई उज्यालो दिने मानवतावादी डाक्टर भएको विज्ञप्तिमा उल्लेख छ । सन्दूक रुइत नामक उनको जीवनी अलि ग्रिपरले अंग्रेजीमा लेखका छन् भने नेपालीमा खगेन्द्र संग्रौलाले अनुवाद गरेका छन् ।

Global Ime bank

वि.स. २०६३ देखि नै खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ । त्यस्तै २०६७ सालदेखि साहित्य, कला, संगीत, अभिनय आदि क्षेत्रमा दीर्घसाधना गर्ने विशिष्ट साधकलाई पद्मश्री साधना सम्मान अर्पण गर्दै आएको विज्ञप्तिमा जनाइएको छ ।

पुरस्कृत कृतिका लागि प्राप्त १४४ पुस्तकबाट पहिलो चरणमा १५ वटा र दोस्रो चरणमा पाँचवटाको संक्षिप्त सूची प्रतिष्ठानले यसअघि नै प्रकाशन गरेको थियो । यसवर्ष पद्मश्री साहित्य पुरस्कारको निर्णायक समितिका संयोजक राम लोहनी र निर्णायक सदस्यहरूमा नयनराज पाण्डे र कुमारी लामा थिए । पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कार तीनवटैको राशी तीन लाख रुपैयाँ रहेको छ ।

उक्त तीनवटै सम्मान तथा पुरस्कार प्रत्येक वर्षझैँ यस वर्षको कोजाग्रत पूर्णिमाका दिन अर्पण गरिने विज्ञप्तिमा उल्लेख छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९  ०८:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय