site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चोलेन्द्रले उठाए समितिका सदस्यहरूकै वैधानिकतामाथि प्रश्न
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संसद्ले गठन गरेको महाअभियोग सिफारिस समितिका सदस्यहरूको वैधानिकतामाथि प्रश्न उठाएका छन् ।

बिहीबार दोस्रो दिन बयानका लागि सिंहरबारस्थित समितिको सभाकक्षमा पुगेका जबराले जसले महाअभियोग प्रस्ताव गर्‍यो, उसैले बयान लिनु र महाअभियोग सिफारिस गर्नु कति वैधानिक हुन्छ भन्दै प्रश्न उठाएका हुन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“एउटा अभियुक्तले आफूलाई सहज बनाउनका लागि प्रश्न उठाउनु स्वाभाविक पनि होला । तर, उहाँले हिजोदेखि लगातार संविधान, नियमावलीका विषयमा प्रश्न उठाउनुभएको छ, त्यो आज पनि उठाउनुभयो,” समितिकी सदस्य एवं नेकपा (माओवादी केन्द्र)की सांसद रेखा शर्माले बाह्रखरीसित भनिन्, “उहाँले महाअभियोग प्रस्तावमा हस्ताक्षर गर्नेहरूले नै सुनुवाइ गर्नु कति उपयुक्त हुन्छ भनेर पनि प्रश्न उठाउनुभयो ।”

जबराले प्रश्न उठाएर आफूलाई सहज बनाउने प्रयास गरे पनि त्यसको कुनै अर्थ नभएको शर्माको भनाइ थियो ।

Royal Enfield Island Ad

गएको फागुन १ गते जबराविरुद्ध संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरिएसँगै उनको पद निलम्बनमा परेको छ ।

समितिको आजको बैठकमा उनलाई दुई प्रश्न सोधिएको थियो । उनीसितको बयान आउँदो आइतबार पनि जारी रहनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९  १४:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro