राजनीति
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीलाई पदबाट हटाइएको छ । नेकपा (एमाले)मा प्रवेश गर्न लागेको थाहा पाएपछि उनलाई बर्खास्त गरिएको हो ।
उनी नेकपा (एकीकृत समाजवादी)का तर्फबाट ०७८ चैत २५ गते राज्यमन्त्रीमा नियुक्त भएका थिए । चौधरीलाई पदबाट हटाइएको सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावलले जानकारी दिए ।
उनलाई उनको पार्टीले नै मन्त्रीबाट हटाउन आग्रह गरेपछि बर्खास्त गरिएको रावलको भनाइ छ ।
पार्टीको नीतिविपरीत कार्य गरेको भन्दै हटाइएको हुन सक्ने मन्त्री रावलले बताए ।
प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९ १५:११
प्रतिक्रिया दिनुहोस्