काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठक आज बस्दै छ । बैठक बिहान १०ः३० बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा सुरु हुनेछ ।
बैठकमा सम्पत्ति शुद्धीकरण निवारणका सम्बन्धमा अन्तर्राष्ट्रियस्तरमा भएका प्रयास, लागु भएका कानुन र मापदण्ड, नेपालको प्रतिबद्धता र आवश्यक नीति, कानुन साथै संरचना निर्माणको अवस्था, तिनीहरूको कार्यान्वयन, विगतमा भएका मूल्यांकन, निकट भविष्यमा हुँदै गरेको मूल्यांकनका लागि तयारी र भावी योजनालगायतका विषयमा छलफल हुने जनाइएको छ ।
छलफलका लागि अर्थ मन्त्रालयका सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशकलगायत व्यक्तिलाई बैठकमा बोलाइएको छ ।