site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
विद्रोह गर्दै हलबाट बाहिरियो ‘राधा’, फाइदा होला ‘प्रकाश’लाई ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सो बाँडफाँटमा विभेद भएको भन्दै असन्तुष्टि जनाएको चलचित्र ‘राधा’ अन्ततः आजबाट हलबाट बाहिरिएको छ । चलचित्र राम्रो हुँदा हुँदै हलले सो वितरणमा विभेद गरेको भन्दै निर्माण पक्षले प्रदर्शन भइरहेको सिनेमा हलबाट निकालेको हो । 

मंगलबार पत्रकार सम्मेलन गरेर आफ्नो सिनेमा हलबाट निकाल्ने निर्माण पक्षले घोषणा गरेको थियो । सोही घोषणाअनुसार आज कुनै पनि हलमा सिनेमा छैन । क्यूएफएक्स चेन, वान सिनेमा, एफक्युब बिग मुभिजमा यो चलचित्रको पोस्टर र सो टाइम कतै पनि देख्न सकिन्न । 

दर्शकको साथ र राम्रो समीक्षा पाउँदा पाउँदै पनि प्रदर्शकले उपयुक्त संख्या र समयमा सो उपलब्ध नगराएका कारण प्रदर्शन रोक्न आफूहरू वाद्य हुनु परेको ‘राधा’का निर्देशक सुवर्ण थापाले बताएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“तिजमा पनि नदिइएको सो कहिले उपलब्ध गराइन्छ ?,” निर्देशक थापाले प्रश्न गरे, “हामीले कम्तीमा यो विदामा सो पाउँछौं भन्ने थियो । तर, नदिएपछि हामीले हाम्रो चलचित्र प्रदर्शन नगर्ने निर्णयमा पुगेका हौँ ।” तिजका दिन (मंगलबार)मा नेपालभर जम्मा १५ सो दिइएको भन्दै उनले असन्तुष्टि जनाए ।

हलहरूको विभेदविरुद्ध आवाज उठाउन आगामी दिनमा सहज होस् भनेर पनि आफूले यस्तो निर्णय लिएको उनले स्पष्ट पारे । ‘प्रकाश’ले पनि जवरजस्ती सो लिनु परेको भन्दै निर्देशक थापाले भने, “अब हामी अर्कै तरिकाले सिनेमा देखाउँछौं । नहेरिएको सिनेमा नयाँ नै हुन्छ । हामी कतै च्यारिटी सो देखाउँछौं, कतै अन्य उपाय लगाएर देखाउँछौं ।” 

Global Ime bank

सुवर्ण थापाले निर्देशन गरेको चलचित्रमा सृष्टि श्रेष्ठ, सौगात मल्ल, निश्चल बस्नेत, दयाहाङ राई, खगेन्द्र लामिछाने, मेनुका प्रधान, बुद्धि तामाङलगायत कलाकारको अभिनय छ ।

यसैबीच, ‘राधा’ हलबाट बाहिरिएपछि यसलाई उपलब्ध गराइएको सो र दर्शकको फाइदा ‘प्रकाश’ लिन सक्छ । नोपली चलचित्र हेर्ने दर्शकलाई अब ‘प्रकाश’को विकल्प हुने छैन ।

देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनले आज देशभर ‘प्रकाश’लाई ३१ सो उपलब्ध गराएको छ । आक्रमक प्रचार, पब्लिसिटी स्टन्ट र राम्रो समीक्षा र ‘वर्ड अफ माउथ’का कारण ‘प्रकाश’को सो थपिँदै गएको छ । 

दिनेश राउतको निर्देशन, महेन्द्र अधिकारीको निर्माण रहेको चलचित्रमा प्रदीप खड्का, रेणु योगी र दीया मास्के मुख्य भूमिकामा छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  ०७:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय